ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【आवेदन खुला】जापानिज भाषा बोलीचालीको भाषा नभएका बच्चा र अभिभावकको लागिको शिक्षण क्यारियर मार्गदर्शन परामर्श मियागी(日本語を母語としない子どもと親のための進路ガイダンス宮城2022)

जापानिज नबुजे पनी, जापानको हाइस्कुल भर्ना हुने बारेमा परामर्श लिन सकिन्छ ।
「जापानको हाइस्कुल भनेको कस्तो हुन्छ ?」 「भर्ना हुन लाई के गर्नु पर्दछ ?」
「कस्तो किसिमको हाइस्कुलहरु हुन्छन ?」「शुल्क कतिजति लाग्छ होला ?」
जिज्ञासा वा प्रश्न तथा दुबिदाहरुको एकैसाथ समाधान गरौँ ।
मिति तथा समय:2022 जुलाई 30 तारिक(शनिबार)14:00~16:00
स्थान :कार्यक्रम स्थल अथवा अनलाइन बाट पनि सहभागी हुन सक्नुहुन्छ

■ सहभागी हुने तरिका तलाका 2 वटा बाट छनौट गर्नुहोस्
1. सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (कार्यक्रम स्थल)
सहभागीहरू भेला भई, प्रत्यक्ष रुपमा कुराकानी सुन्न सकिन्छ ।
अंग्रेजी, चाइनीज, कोरियन, तागालग, स्पेनीष नेपाली भाषाहरुको दोभाषे सपोर्टको पनि व्यवस्था छ ।
2. अनलाइन (ZOOM)
कम्युटर वा ट्याब्लेटमा सहभागी गर्नसकिनेछ । ※ जापानिज, अंग्रेजी, चाइनीज भाषामा पनि प्राशारण गरिनेछ ।

■ सहभागी (अबलोकन)
लक्ष्य::प्राथमिक विद्यालयका विद्यार्थी (माथिल्लो कक्षाका विद्यार्थी) निम्नमाध्यामिक विद्यालयका विद्यार्थी, अभिभावक सहभागीता शुल्क : निशुल्क हुनेछ ।
सहभागी क्षमता:कार्यक्रम स्थलमा 30जना (दोभाषे सहित) सम्म । नयाँ कोरोना भाइरसको संक्रमण स्थिति अनुशार परिबर्तन हुन सक्दछ ।
दोभाषे:दोभाषे सपोर्टको पनि व्यवस्था छ। माथिको 「सहभागी हुने तरिका」मा हेर्नुहोला ।
बिषय:मियागी प्रान्तको हाईस्कुल प्रबेश परिक्षाको बारेमा, सिनिएरहरु, अभिभावकको अनुभव, निम्नमाध्यमिक र उच्चमाध्यमिक बिधालयका शिक्षक सँग प्रश्न सोध्न सकिने छ ।

■ आवेदन गर्ने तरिका
सहभागी हुन इच्छुक व्यक्तिहरुले, अग्रिम आवेदन दिनुहोला । ①② कुनैपनि तरिकाबाट आबदेन गर्न सक्नुहुन्छ ।
① अनलाइन(Google Form)बाट आवेदन दिने URL: https://forms.gle/3A4xaFRwkF8xAAkE7
② आवेदन फारम भरेर, Email अथवा FAX बाट पठाउने

■ शिक्षण क्यारियर मार्गदर्शन वेबसाइट(『शिक्षण क्यारियर गाइडबुक』प्राप्त गर्ने तरिका)
त्यस दिन सहभागी हुन नसक्नु हुनेहरूले पनि, वेबसाइटबाट हाई स्कूल भर्ना हुने बारेमा थाहा पाउन सक्नुहुन्छ ।
 URL: https://shinro-miyagi.jimdofree.com/
वेबसाइटबाट पनि『शिक्षण क्यारियर गाइडबुक』यसलाई डाउनलोड गर्न सक्नुहुन्छ ।
यदि तपाईले『शिक्षण क्यारियर गाइडबुक』हुलाकबाट पठाईदिए हुनेथियो भन्ने चाहनुहुन्छ भने, तलको सम्पर्क ठेगानमा सम्पर्क गर्नुहोस ।


फ्लायर (PDF)
अनुप्रयोग(PDF)अनुप्रयोग(Word)

■ सम्पर्क स्थान, आबेदन गर्ने ठेगान
MIA ( मियागी प्रान्त अन्तर्राष्ट्रिय एसोसिएसन )
फोन:(022) 275-3796 FAX:(022) 272-5063
Email:mail*mia-miyagi.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

SenTIA ( सेन्दाई पर्यटकीय अन्तर्राष्ट्रिय एसोसिएसन )
फोन:(022) 268-6260 FAX:(022) 268-6252
Email: kokusaika*sentia-sendai.jp 
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )