ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

जुलाई महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/7月の専門相談会のお知らせ

● जुलाई 2 तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिसा, बसाइ अनुमति, अध्यागमन प्रक्रियाहरू तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी
प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह गर्न सक्नुहुन्छ।
【समय】2022 जुलाई 2 तारिख (शनिबार) 13:00 – 16:00
https://int.sentia-sendai.jp/blog/j/j-20234/

●जुलाई 8 तारिक वकिल द्वारा विशेषज्ञिय परामर्श बैठक गर्छौं
बिवाह, घर जग्गा सम्बन्धित (कोठा भाडामा लिनेदिने), उत्तराधिकार जस्ता कानुनी सल्लाह आदि कानुनी परामर्श, सेन्दाई बार एसोसिएसनका वकिलहरु द्वारा प्रदान गरिन्छ ।
【समय】2022 जुलाई 8 तारिख (शुक्रबार) 13:00 – 16:00
2022 schedule_Lawyers.pdf

●जुलाई 21 तारिख श्रमिक ब्युरो द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
ज्याला, काम गर्ने समय, बिदा, श्रम सम्झौता,काम खोज्ने तरिका आदिका बारेमा मियागी श्रमिक ब्युरो द्वारा सल्लाह लिन सक्नुहुन्छ ।
【समय】2022 जुलाई 21 तारिख (बिहिबार) 13:00 – 16:00
2022 schedule_Labour Bureau.pdf

●जुलाई 22 तारिक अध्यागमन तथा आप्रवासन ब्युरो (immigration) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
अध्यागमन तथा बसोबास प्रक्रिया, भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】2022 जुलाई 22 तारिख (शुक्रबार ) 13:00 – 16:00
2022 schedule_Immigration Bureau.pdf

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को 30 मिनेट सम्म हुन्छ |
※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाइको नाम
– सम्पर्क (फोन नम्बर / ईमेल)
– तपाइको बसाइ अनुमतिको आवस्था
– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– अनुवादकको आवश्यक छ कि छैन ?

<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला >>
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
【निवेदनको लागि सम्पर्क】 TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp