ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

आश्रयस्थल कुन ठाउँमा छ खोजेर राखौं (避難所の場所を調べておこう)


जापानमा हरेक वर्ष, भारि वर्षा तथा टाइफुनले विपत ल्याउने गर्दछ । अलि खतरामा ठाउँमा रहनुभएका व्यक्तिहरुले, अनिवार्य आश्रय लिनु पर्दछ । आश्रय लिने स्थानलाइ, “हिनानज्यो” भनिन्छ । आश्रयस्थलमा जानु भयो भने, खाने कुरा तथा सुत्ने ठाँउ पाउन सकिन्छ । प्राइमरी तथा जुनियरहाइस्कुल आदि चाँही, प्रकोपहरु आइपर्दा आश्रयस्थलमा परिणत हुने गर्दछन । आफ्नो घर या काम गर्ने ठाँउ, स्कुल नजिकको आश्रयस्थल कुन ठाउँमा पर्दछ, खोजेर राखी राखौं ।

 
「आश्रयस्थल कहाँ पर्दछ ? 」
सेन्दाई भित्रको आश्रयस्थलको सुची यहाँबाट हेर्न सक्नुहुनेछ (जापानिज भाषा )।.
「सेन्दाई सिटी आश्रय सम्बन्धि जानकारी वेबसाइट」
प्रकोप आइपर्दा, खुला रहेको आश्रयस्थलको बारेमा थाहा पाउन सकिन्छ (जापानिज भाषा मात्र)।.

 
【प्रकोप आइपरेको बेलामा, विपत बहुभाषीय मद्दत केन्द्रको होमपेज हेर्नुहोला 】
सेन्दाई सिटीमा ठुलो प्रकोप आइपर्दा, विपत बहुभाषीय मद्दत केन्द्र संचालन गर्ने गरिन्छ ।
विपत बहुभाषीय मद्दत केन्द्र बाट प्रकोप पिडित व्यक्तिहरुलाई आवस्यक परेको जानकारीहरु विदेशी भाषामा दिने तथा विदेशी भाषामा परामर्शहरु लिन सकिन्छ ।
https://int.sentia-sendai.jp/saigai/