ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागिताको लागि आव्हान】सेन्दाई विपत्ति रोकथाम भविष्य फोरम「बिदेशी नागरिक र विपत्ति रोकथाम- प्राकृतिक विपत्तिको समय, विपत्ति रोकथामको लागिको उपयोगी बहुभाषामा जानकारी र उपकरणहरूको परिचय-」(仙台防災未来フォーラム2022)

SenTIA ले, सेन्दाई विपत्ति रोकथाम भविष्य फोरम 2022 मा सहभागि हुने छ । मियागी प्रान्त साथै सेन्दाई सिटिको जनसंख्याको लगभग 1% विदेशी नागरिकहरू छन । भूकम्प र सुनामी, भारी वर्षा र भारी हिमपात जस्ता प्राकृतिक प्रकोपहरू आउने यहाँ जापानमा विदेशी नागरिकहरूले कसरी जानकारीहरु प्राप्त गर्छन ? दैनिक जीवनयापनमा, बिदेशी नागरिकलाई प्राकृतिक बिपत र विपत्ति रोकथामको बारेमा बुझाउनको लागि के गर्नुपर्छ होला ? प्राकृतिक विपत्तिको समय वा अन्य समयमा पनि उपयोगी हुने बहुभाषको जानकारी र उपकरणहरू प्रस्तुत गर्दछौ ।

◆मिति:मार्च 5 तारिक(शनि)
◆समय:12:15~13:45
◆स्थान:सेन्दाई कोकुसाई सेन्टर (सेन्डाई अन्तर्राष्ट्रिय केन्द्र) प्रदर्शनी भवन सम्मेलन कक्ष 2
◆लक्षित:इच्छुक जो कोही (आवेदन को आवश्यकता पर्दैन, प्रवेश नि:शुल्क)
◆शीर्षक:
◎बिदेशी नागरिकहरुले कसरी विपत्ति रोकथामको बारेमा सिक्न सक्छन
◎प्राकृतिक विपत्तिको समयमा बिदेशी नागरिकहरुलाई जानकारी उपलब्ध गराउने
◎स्थानीय बासिन्दाहरूको बिचमा बहुसांस्कृतिक विपत्ति रोकथामको छलफल गर्ने

◆सेन्दाई विपत्ति रोकथाम भविष्य फोरम・・・ सेन्दाई सिटिले संचालन गर्ने कार्यक्रमको उद्देश्य, पुर्वी जापानको महाभूकम्प बाट सिकेका अनुभव र पाठहरूलाई भविष्यको विपत्ति रोकथाममा जोड्ने लक्ष्य राखि, समय अगाडी देखि बाटनै कार्य गतिबिधिहरु बढ्न र स्थानीय नागरिकहरूसँग विपत्ति रोकथामको बारेमा जान्नको लागिको ठाउँ हो । (सार्बजनिक हित) मियागी प्रान्त अन्तर्राष्ट्रिय एसोसिएसन (सार्बजनिक हित) सेन्दाई अन्तर्राष्ट्रिय पर्यटक एसोसिएसन ले माथिको सत्रमा 12:15~13:45) आयोजना गर्नेछन।