ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागिताको लागि भर्ना खुला】बिदेशी बालबालिका र अभिभावकहरुको लागि प्राथमिक बिधालयमा नयाँ भर्नाको तयारी अनलाइन कक्षा मार्च 3 तारिक (बिहि) 14:00 देखि 15:30(外国人児童と家族のための小学校入学準備オンライン講座)

बिदेशी बालबालिका र अभिभावकहरुको लागि प्राथमिक बिधालयमा नयाँ भर्नाको तयारी अनलाइन कक्षा सञ्चालन गर्नेछौं ।
विदेशसँग सम्बन्ध भएका बालबालिका र अभिभावकको लागि, जापानको बिधालय र आफ्नो देशको बिधालयमा धेरै भिन्नताहरू लाग्ने हुनाले, बुझ्न नसकिने धेरै कुराहरू हुन्छन ।
यस कक्षामा, प्राथमिक बिधालयमा प्रवेश गर्नको लागिको तयारी र आवश्यक समानहरु, पैसा, बिधालय भित्रको दैनिकी र अध्ययनको बारेमा व्याख्या गर्नेछौं । जापानी भाषा अध्ययन र विदेशबाट आउनुभएको अभिभावक र बालबालिकालाई सहयोग गर्ने बारेमा पनि व्याख्या गर्नेछु । तपाईंले नबुझेको वा थाहा नभएका कुराहरूको बारेमा प्रश्न गर्न सोध्न र परामर्श गर्न सक्नुहुन्छ।

■दिन,समय:2022 मार्च 3 तारिक (बिहि) 14:00~15:30
■स्थान:WEB सिस्टम बाट「Zoom」को प्रयोग गर्ने छौ ।
घर अथवा इन्टरनेटको प्रयोग गर्न मिल्ने ठाउँबाट सहभागी हुन सक्नुहुन्छ ।
※अनलाइन बाट सहभागी हुन नसक्ने व्यक्तिले, SenTIA मा परामर्श गर्नुहोला ।
■लक्षित व्यक्ति:प्रिस्कूल को बालबालिका भएका बिदेशी नागरिक अभिभावक
जापानिज भाषामा कुरा गरिनेछ, दोभाषे र परामर्श गर्न मिल्ने समय पनि छ ।
■सहभागिता शुल्क:नि:शुल्क(0येन)
■आबेदन:WEB वेब बाट आबेदन गार्नुहोस ।
WEBवेब:https://onl.la/bLhQ4SS
■म्याद सकिने दिन:2022 फेब्रुअरी 20 तारिक(आइत)
■आयोजक: सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय एसोसिएसन (SenTIA)
■सहयोग:सेन्दाई शहर शिक्षा कार्यालय、विदेशी नागरिकहरुका बालबालिकाको सहायता संगठन