ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「बिदेशी भाषाहरुमा स्वास्थ्य सेवा प्रदान गर्न सक्ने चिकित्सा संस्थान SENDAI HOSPITALS & CLINICS」को तालिका (पोस्ट) तयार पर्नुका साथै प्रकाशनको अन्त्यको बारेमा (सूचना)

「बिदेशी भाषाहरुमा स्वास्थ्य सेवा प्रदान गर्न सक्ने चिकित्सा संस्थान SENDAI HOSPITALS & CLINICS」चांही, बिदेशी नागरिकहरुले बिदेशी भाषामा निश्चिन्त भएर चिकित्सा संस्थानमा स्वास्थ्य जाँच गर्नेको लागि सेन्दाई सिटि मेडिकल एसोसिएसन साथै सेन्दाई दन्त चिकित्सा एसोसिएसनको सहयोगमा तालिका (पोस्ट) तयार पारी, जानकारीहरु प्रदान गरेका थियौं।
1997 आर्थिकबर्ष मा छापिएको सामग्री (प्रिन्टआउट) चिकित्सा संस्थानको नक्साको रूपमा अंग्रेजी र जापानी भाषामा तयार गरि, 2000 अर्थिकबर्ष बाट वेबमा पोस्ट गर्न थालीएको, र त्यसपछि चाइनिज र कोरियन भाषामा पनि स्वास्थ्य जाँच गराउन सम्भब भएको चिकित्सा संस्थानको तालिका पनि थपगरि, नियमित रुपमा जानकारी सामग्रीको अपडेट गर्दै आईरहेको थियौं।

यद्यपि, तयार गरिएपछि पनि, बिदेशी भाषामा सेवा प्रदान गर्न सम्भब भएका स्वास्थ्यकर्मीहरू को कामगर्ने समय तालिका परिवर्तन वा काम गर्ने स्थान परिवर्तन, चिकित्सा संस्थानको व्यस्तता, स्थानान्तरण तथा बन्द आदिको कारणले, समय समयमा सहि तथ्य तपाईहरु समक्ष प्रकाशित गर्न नसक्दाको कारणले, 2022 मार्च सम्म, हामीले छापिएको सामग्री (प्रिन्टआउट) तयार गर्न साथै वेबसाइटमा पोस्ट गर्ने कार्य बन्द गर्ने निर्णय गरेका छौं।
हालसम्म जानकारीहरु उपलब्ध गराउनुभएको चिकित्सा संस्थानको स्वास्थ्यकर्मी अथवा「SENDAI HOSPITALS & CLINICS」बाट सेवा लिनुभएको सबैजनामा, मुरीमुरी धन्यवाद छ ।

जापानीज भाषा राम्रोसँग बुझ र कुरागर्न नसक्ने बिदेशी नागरिकहरुले「बिदेशी भाषाहरुमा स्वास्थ्य सेवा प्रदान गर्न सक्ने चिकित्सा संस्थान」को बारेमा जानकारी चाहनुहुन्छ भने, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(022-224-1919) मा सम्पर्क गर्नुहोला।