ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सम्पूर्ण व्यवसायीहरुमा 】दोस्रो पटकको ब्यापर समय अवधि घटाउन गरिएको अनुरोध आदि बाट प्रभावित भएका व्यवसायीहरुका लागि, सहायता रकमको बारेमा(第3次時短要請等関連事業者支援金について)

यो सहायता रकम, मियागी प्रान्त, सेन्दाई सिटि द्वारा जारी गरिएको आपतकालीन अवस्थाका उपाय, फैलावट रोकथामका उपाय आदि प्रभावको कारणले बिक्रि घटेको व्यवसायीहरुका लागि हो। 2021(रेवा 3) अगष्ट महिना तथा सेप्टेम्बर महिनाको बिक्रि, 2019 तथा 2020 को जस्तै समान महिनाको बिक्रीको तुलना गरि, निश्चित रुपमा बिक्रि घटेको साना तथा मझौला व्यवसायीहरु लाई सहायता रकम दिईनेछ।

लक्षित व्यवसायीहरू वा अनुदान रकम, आवेदन गर्ने तरिका आदि को बारेमा, सम्पर्क गर्नुहोस्।

【आवेदन अवधि】
2021 अक्टोबर 15 तारिक (शुक्रबार) ~2021 नोबेम्बेर 19 तारिक (शुक्रबार) सम्म

【सम्पर्क】
सम्पर्कको लागि डायल (सोमबार देखि शुक्रबार 9 बजे~17 बजे)
फोन नंम्बर:022-263-8833
विस्तृत जानकारीको लागि, सेन्दाईको होमपेजमा हेर्नुहोस।
「तेश्रो पटकको ब्यापर समय अवधि घटाउन गरिएको अनुरोध आदि बाट प्रभावित भएका व्यवसायीहरुका लागि,सहायता रकमको बारेमा」
https://www.city.sendai.jp/kikakushien/kanrenjigyosyashienkin/dai3jishienkin.html

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )