[सहभागीताको लागि आव्हान] अक्टोबर २१ तरिका (बुध) सेन्दाई जापानी भाषाकक्षामा 「निहोङ्गो क्याफे」 आयोजना गरिने ! (विषय: सिनियर विदेशीनागरिकको अनुभव सुनौं!)(にほんごカフェ)

यस पटक भने, लामो समयदेखि सेन्दाईमा बसोबास गर्नुभएको सिनियर विदेशीनागरिकको कुराहरु सुन्नेछौं जस्तैः सुविधाजनक
सेवा वा सेन्दाईमा जीवनयापन गर्नको लागि आवश्यक पर्ने सल्लाह सुझावको बारेमा भन्नु हुनेछ। अवश्य, सहभागी हुनुहोला!
मिति र समय: २०२६ अक्टोबर २१ तारिक (बुध) बिहान ११:०० बजेदेखि १२:१५ सम्म
स्थान :सेन्दाई सिटि आओबा वार्ड च्युओ सिमिन सेन्टर सम्मेलन कोठा नम्बर ४ को दोश्रो तल्ला (ठेगाना: सेन्दाई सिटि आओबा वार्ड इचिबान्चो २-१-४ फोननम्बर: ०२२-२२३-२५१६)
आवेदन: आवेदन गर्नु पर्दैन। (त्यस दिन सिधै यहाँ आउनुहोस।)
सहभागिता नि:शुल्क हो। (० येन)
आयोजक: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (सेन्टिया), आओबा वार्ड च्युओ सिमिन सेन्टर
सहयोग: NPO ICAS
सम्पर्क : SenTIA टेलीफोन : ०२२-२६८-६२६० Email: m-sato@sentia-sendai.jp
※सेन्दाई जापानी भाषा कक्षामा भर्ना भएकाहरू बाहेक अन्य व्यक्तिहरु पनि सहभागी हुन् सकिन्छ।
※अंग्रेजी, कोरियन, चाइनिज र नेपाली भाषाका दोभाषेहरू पनि छन।
※आफ्नो साथीहरु वा परिवारसँग पनि आउन सक्नुहुन्छ।


