【सहभागीताको लागि आवाहन】 अक्टोबर १० तारिक मिसो (जापानी सुपको मसला) बनाउने अनुभव लिदैं उच्च माध्यमिक विद्यालयको अबलोकन कार्यक्रम (味噌づくり体験と高校見学)

SenTIA ले, जापानमा अध्ययनरत बिदेशी मूलका विद्यार्थीहरूको लागि उच्च माध्यमिक विद्यालयको अबलोकन गर्ने कार्यक्रमको आयोजना गर्नेछ।
यस वर्ष भने यो कार्यक्रम मेइसेई उच्च माध्यमिक विद्यालयमा आयोजना हुनेछ।
यो मेइसेई उच्च माध्यमिक विद्यालय चाँही, खाना बनाउन र नर्सिङ हेरचाहको लागि लाइसन प्राप्त गर्न सकिने उच्च माध्यमिक विद्यालय हो। खाद्य संस्कृति रचना अध्ययन संकायको खाना पकाउने कक्षमा, सिनियरहरूसँग मिलेर मिसो (जापानी सुपको मसला) बनाउने अनुभव लिन सकिनेछ!
उच्च माध्यमिक विद्यालयमा हुने पठनपाठन वा बिधालय जिवनको बारेमा, शिक्षक र सिनियरहरूको कुरा सुन्नेछौं। बिधालयको अबलोकन पनि गर्नेछौं।
यसको लागि शुल्क लाग्दैन। कृपया अवश्य सहभागी हुनुहोला!
■मिति र समय : २०२६ अक्टोबर १० तारिक (शनि) दिउँसो १:०० बजेदेखि ४:३० बजेसम्म
■जम्मा हुने स्थान : SenTIA को सम्मेलन कक्ष (हामीसबैजना जम्मा भएर उच्च माध्यमिक विद्यालयमा जानेछौं)
सेन्दाई शहर आओबा-कु इचिबान्चो ३-३-२० क्योहान सेन्दाई इचिबान्चो बिल्डिंग चौथो तल्ला
■ लक्षित : जापानको निम्नमाध्यामिक बिधालयमा अध्ययनरत बिदेशी मूलका विद्यार्थी, यस वर्ष प्रवेश परीक्षा दिने विद्यार्थी
■ सहभागी संख्या : २० जोडी (बच्चा र आमाको जोडी) (अभिभावक चाँही बाबा वा आमा एकजना मात्रै) ※यदि धेरै आवेदन पर्यो भने, हामी गोलाप्रथा द्वारा छनोट गर्नेछौ।
■सहभागि शुल्क : ० येन (शुल्क लाग्दैन)
■बिषय सामग्री : विद्यालय भ्रमण, कोर्षको परिचय, मिसो बनाउने अनुभव आदि
■आवेदन लिने :अक्टोबर १ तारिक (बिही) साँझ ५:०० बजे सम्म
URL https://forms.gle/JxxEuRjfVSFYKWuz5
यदि फारम भर्न जान्नुभएन वा केही सोध्न छ भने, हामीलाई टेलिफोनबाट वा इमेल गर्नुहोस।
■प्रायोजक : सेन्दाई शहर शिक्षाकार्यालय
■ सहयोग : सेन्दाई विश्वविद्यालय सम्बद्ध मेइसेई उच्च माध्यमिक विद्यालय, खाद्य संस्कृति रचना अध्ययन संकाय
■आयोजक, सम्पर्कको लागि : सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA)
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, बहुसांस्कृतिक समाज शाखा (आधिकारिक व्यक्ति: सातो)
टेलिफोन: (०२२)२६८-६२६० / इमेल: m-sato@sentia-sendai.jp
※यसपटकको यो उच्च माध्यमिक विद्यालय अबलोकन गरेपछि भर्ना हुन सकिन्छ भन्ने ग्यारेन्टी भने हुदैन।

