【JICE】रोजगार प्रबर्द्धनका लागि जापानीज भाषाकक्षा (しごとの ための 日本語)(२०२६ अक्टोबर १ तारिक देखि २०२६ डिसेम्बर २४ तारिक)
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय, विदेशी कामदारहरूको रोजगार र बसोबासलाई सहज पुर्याउनको लागि प्रशिक्षण कार्यक्रम
यो, काम गर्न चाहनेहरूका लागिको जापानी भाषा कक्षा हो।
「काम गर्ने」 बेलामा प्रयोग हुने जापानी शब्दहरुको अध्ययन गर्नेछौं।
【अवधि】
२०२६ अक्टोबर १ तारिक (बिहि) देखि २०२६ डिसेम्बर २४ तारिक (बिहि)
【संचालन हुने मिति】
प्रत्येक हप्ताको सोमबार, बिहिबार र शुक्रबार, बिहान ९:३० बजेदेखि १२:०० बजेसम्म
【स्थान】
सोमबार चाँही : अनलाइनबाट
बिहीबार र शुक्रबार भने : सेन्दाई शहर स्थानीय गतिविधि सहयोग केन्द्र (सेन्दाई शहर आओबा-कु इचिबान्चो ४-१-३)
गुगल म्याप: https://maps.app.goo.gl/wN3rhrsvr7zZ93y76
【बिषय सामग्री】
भाषा तह पहिलो कोर्स
यो कोर्स चाँही, पहिलो पटक जापानी भाषा अध्ययन गर्ने व्यक्ति वा थोरै जापानी भाषा बोल्न सक्ने तर हिरागाना र काताकाना पढ्न र लेख्न नसक्ने व्यक्तिहरुको लागि हो।
• काम गर्ने ठाउँमा गरिने कुराकानी (कुराकानी गर्ने, पढ्ने र लेख्ने)
• करियरको योजना बनाउन • रोजगार खोज्न (रोजगारिको विज्ञापन हेर्न, विज्ञापन गरेको ठाउँमा कामको लागि आवेदन कागजात भर्न, अन्तर्वार्ता दिन प्रयोग हुने भाषा)
• कामगर्ने ठाउँमा दिइने सरल निर्देशनहरु र परिभाषा बुझ्न
【लक्षित】
पार्टटाईम काम खोजिरहेका व्यक्ति वा लामो समयसम्म गर्न सकिने कामको खोजिमा रहेका व्यक्तिहरु, जापानी भाषा पढ्न चाहने व्यक्तिहरू
【अध्ययन शुल्क】 नि:शुल्क (० येन)
【आवेदन】
१) हेलो वर्क सेन्दाईमा आवेदन गर्नुहोस।
स्थान: सेन्दाई शहर मियागिनो-कु चुचुजीगाओका ४-२-३ सेन्दाई MT बिल्डिंग चौथो तल्ला
गुगल म्याप:https://maps.app.goo.gl/aCyaQHL4DdX86oqz7
२) भाषाको स्तर जाँच गरिनेछ (भाषा कतिको जानेको छ वा छैन जाँच गरिने)।
मिति र समय: सेप्टेम्बर १६ तारिक (बुध) बिहान ९:३० देखि
स्थान: सेन्दाई शहर स्थानीय गतिविधि सहयोग केन्द्र (सेन्दाई शहर आओबा-कु इचिबान्चो ४-१-३)
गुगल म्याप:https://maps.app.goo.gl/wN3rhrsvr7zZ93y76
【आवेदनको लागि अन्तिम म्याद】
सेप्टेम्बर १४ तारिक (सोम)
बिस्तृत जानकारीको लागि, JICE को वेबसाइटमा हेर्नुहोस।
> https://www.jice.org/tabunka/course/
【सम्पर्क】
आओकी (Ms. Aoki)
टेलिफोन: ०८०-७६४३-२८३८
इमेल: tabunka126@softbank.ne.jp


