ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 8 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (8 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1. कर सम्बन्धि जानकारी
●नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद अगष्ट ३१ तारिक (सोम) हो

2. जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण कार्य गरिनेछ

3. सेन्दाई शहर मातहत मिनामि कोइजुमी निम्नमाध्यामिक बिधालयको रात्रीकालिन कक्षा शैक्षिक सत्र २०२६ मा एक र दुई कक्षा (७,८ कक्षा) (अक्टोबर भर्ना) को लागि विद्यार्थी भर्ना आवाहन

4. उद्योग ब्यबसाय परामर्श कार्यक्रम

5. बाल- पालनपोषण भत्ताको लागि वर्तमान स्थिति रिपोर्ट (गेन्क्योउ तोदोके), विशेष बाल-पालनपोषण भत्ताको लागि आय-आम्दानीको स्थिति रिपोर्ट पेश गर्न नबिर्सनुहोला

6. समुद्री खानेकुराको कारणले पेटमा हुने सङ्क्रमण (इन्टराइटिस विब्रियो) खाद्य विषाक्तताबाट सचेत रहनुहोस

7. एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस