ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सूचना】9/14 वेलकम पार्टी  आरामाची बालबालिका हेरचाह केन्द्रमा(ウェルカムパーティーin 荒町児童館)

यो कार्यक्रम विदेशी अभिभावकहरूको लागि हो।
बच्चाहरुलाई खेलाउन सकिने ठाउँहरू र बच्चा हुर्काउने आदि विषयहरूको बारेमा जान्न सक्नुहुन्छ।
अन्य बच्चाहरुको बुबाआमाहरू सँग पनि अन्तरक्रिया गर्न सक्नुहुन्छ।
यदि तपाईं जापानी भाषा बुझ्नुहुदैन भने पनि ठीक छ, केहि फरक पर्दैन। अवश्य, सहभागी हुनुहोला।

【कहिले】  २०२६ सेप्टेम्बर १४ तारिक (सोम) बिहान १०:०० बजेदेखि ११:३०
(बिहान ९:५० देखि रिसेप्सन सुरु हुनेछ।)

【कहाँ】  आरामाची बालबालिका हेरचाह केन्द्र (सेन्दाई शहर वाकाबायाशी-कु आरामाची ८६-२)
Map: https://maps.app.goo.gl/hbFMMwHwHdX2DcSX6

【सहभागी हुन सक्ने व्यक्ति】 ० देखि ६ वर्ष उमेर सम्मका बालबालिका र उनीहरूका अभिभावकहरू <संख्या: लगभग १२ समूह (परिवार)>

【निबेदन】https://logoform.jp/form/3PrJ/1491845 
निबेदन गर्न तीन तरिकाहरू छन। तलका कुनै एक मध्येबाट निवेदन दिनुहोस।                   
・ QR कोड प्रयोग गरेर निवेदन दिनुहोस।
・ वाकाबायाशी वडा कार्यालय परिवार तथा स्वास्थ्य विभाग(टेलिफोन: ०२२-२८२-१३९६) मा फोन गरि निबेदन दिनुहोस।
・आरामाची बालबालिका हेरचाह केन्द्रमा गई निबेदन गर्नुहोस।

【लिएर जानुपर्ने कुराहरु】 पेयपदार्थ

【बिषय सामग्री】                   
 १०:०० बजेदेखि हातको खेलहरु (बच्चाहरूसँग गीत गाउदै, हात चलाएर खेलहरु खेलाइनेछ)
 १०:१५ बजेदेखि बालबालिका हेरचाह केन्द्रको आफ्नो खेल साथै स्थानीय रुपमा खेलिने खेलहरू खेल्न सिकाउने                     
 १०:३० बजेदेखि चिया पिउने समय (सवैजना मिलेर कुराकानी गर्नेछौं।)               
 ११:०० बजेदेखि बालबालिका हेरचाह केन्द्रको अबलोकन
           व्यक्तिगत परामर्श (बाल हेरचाहको बारेमा सल्लाह लिन सक्नुहुन्छ।)

【सम्पर्क स्थान】
 आरामाची बालबालिका हेरचाह केन्द्र  
 वाकाबायाशी वडा परिवार तथा स्वास्थ्य विभाग टेलिफोन: ०२२-२८२-१३९६