ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

अगष्ट महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम बारेको जानकारी

●अगष्ट १ तारिक प्रशासनिक लेखनदास द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
भिजा, बसाई अनुमतिको अवस्था र प्रशासनिक प्रक्रियाहरुको बारेमा मियागी प्रान्तको प्रशासनिक संस्थाको प्रशासनिक लेखनदास सँग परामर्श लिन सकिन्छ।
【समय】२०२६ अगष्ट १ तारिक(शनिबार)१:०० बजे देखि ४:०० बजे
Administrative-Scriveners.pdf

●अगष्ट २० तारिक सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र ASSISTA द्वारा दिइने विशेषज्ञिय परामर्श
उद्योग ब्यबसाय (आफ्नो पसल, कम्पनि सुरु गर्ने) र व्यवस्थापन (व्यापार योजना, पुँजी प्रवाह, ग्राहक बढाउने आदि) को सम्बन्धमा, सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र ASSISTA को कर्मचारी सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२६ अगष्ट २० तारिक(बिहिबार)१:०० बजेदेखि ४:०० बजे
ASSISTA.pdf

●अगष्ट २१ तारिक वकिल द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
पारिवारिक समस्या (सम्बन्धविच्छेद, मुद्दामामिला, उत्तराधिकार आदि) ऋण लिँदा तथा दिँदा आउने समस्या (बिभिन्न ठाउँको ऋण आदि), घर, कोठा भाडामा लिनेदिने, सवारी दुर्घटना, सम्झौतापत्रको मुद्दा आदि कानुनी मामिलाहरूको बारेमा सेन्दाई बारएसोसिएसनको वकिल सँग परामर्श लिन सकिन्छ।
【समय】२०२६ अगष्ट २१ तारिक(शुक्रबार)१:०० बजे देखि ४:०० बजे
Lawyers.pdf

●अगष्ट २८ तारिक अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्बन्धि सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) सँग परामर्श लिन सकिन्छ।
【समय】२०२६ अगष्ट २८ तारिक(शुक्रबार)१:०० बजे देखि ४:०० बजे
Immigration-Bureau.pdf

※परामर्शको लागी शुल्क लाग्दैन। परामर्श लिन मिल्ने समय प्रति व्यक्ति ३० मिनेट सम्म हुनेछ।
※परामर्श गर्न चाहानुहुने व्यक्तिले, निबेदन गर्ने बेलामा तलका निम्नलिखित कुराहरु भर्नुहोस।

– तपाईंको नाम, सम्पर्क ठेगाना (फोन नम्बर, इमेल आइडी)
– तपाईंको राष्ट्रियता (देश)
– तपाईंको बसाई अनुमतिको अवस्था
– तपाईंलाई परामर्श गर्न मन लागेको बिषयको बारेमा (समस्या को बारेमा)
– परामर्श लिन चाहानुहुने भाषा
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?

<< विशेषज्ञिय परामर्श कार्यक्रमको निबेदनको लागि यहाँबाट >>
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-६-१ सेन्दाई पार्क बिल्डिंगको १ तल्ला
टेलिफोन: ०२२-२२४-१९१९, ०२२-२६५-२४७१ / इमेल: tabunka@sentia-sendai.jp