ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई शहर मातहत मिनामी-कोइजुमी निम्न माध्यामिक बिधालयको रात्रीकालिन कक्षा, शैक्षिक वर्ष २०२६ को लागि नयाँ भर्ना आबेदन खुल्ला (अगस्ट, अक्टोबर, डिसेम्बर) (सेन्दाई शहर शिक्षा बिकास बोर्ड बाटको सूचना)(仙台市立南小泉中学校 夜間学級2026年度の募集)

यो रात्रीकालिन कक्षामा चाँही……. विभिन्न कारणले गर्दा अनिवार्य शिक्षा पूरा गर्न नसकेका व्यक्तिहरु वा बिधालय जाँ मन नलागेको कारण बिचैमा विद्यालय छोडेका व्यक्तिहरु, साथै, आफ्नो देशमा अनिवार्य शिक्षा पूरा नगरेका विदेशी नागरिकका बालबालिकाहरु, जसलाई 「पुन: अध्ययन गर्न इच्छा」 छ उनीहरुको लागि लक्षित गरि संचालन गरिएको बिधालय हो। यस सेन्दाई शहर मातहत मिनामी-कोइजुमी निम्न माध्यामिक बिधालयमा रात्रीकालिन कक्षाहरु छन।

रात्रीकालिन निम्न माध्यामिक बिधालय (रात्रीकालिन कक्षाहरु) भने यस्तो हुन्छ।
●दिउँसोको समयमा पढाई हुने अन्य बिधालयको जस्तै विषयबस्तुको पाठ्यपुस्तकहरु यहाँ अध्ययन गरिन्छ।
●९ कक्षा (जापानको च्यु गाक्को साननेन सेइ) को पाठ्यपुस्तकहरुको बिषय अध्ययन पूरा गरेमा, निम्नमाध्यामिक बिधालय ग्राजुएसन गरेको ठहरिने छ।
●विदेशी नागरिकहरूको लागि, क्लास लिईदा आवश्यक परेमा जापानी भाषा नबुझेमा बुझाउनको लागि सहयोग पनि प्रदान गर्दछौं। तर तपाईंले, जापानी भाषा मात्रै सिक्ने उद्देश्यको लागि हो भने पाउनुहुने छैन।
●सबै बिषयको पाठ्यपुस्तकहरु पूरा गरेपछि, निम्न माध्यामिक बिधालय बाट ग्राजुएसन गर्नसकिन्छ।
●निम्न माध्यामिक बिधालयको शिक्षण इजाजतपत्र प्राप्त गरेका शिक्षकहरूद्वारा पढाइनेछ।
●कुनै शिक्षण शुल्क लाग्दैन। पाठ्यपुस्तकहरू नि:शुल्क उपलब्ध गराइन्छ।
●कक्षा संचालन चाँही, सोमबार देखि शुक्रबार साँझ ५:३० बजेदेखि बेलुका ९:०० बजेसम्म हुन्छ।
●प्रत्येक पिरियड ४० मिनेट को हुन्छ, एकदिनमा चार पिरियड को कक्षाहरू हुन्छन,हप्तामा २० पिरियडको कक्षाहरू संचालन गरिन्छ।
●यदि तपाईं काम गर्दै हुनुहुन्छ भने पनि पढ्नको लागि भर्ना हुन सक्नुहुन्छ।

नयाँ भर्ना गर्दा सम्मको प्रक्रियाहरु (अगस्ट, अक्टोबर, डिसेम्बर)
①→तपाईंलाई यसको बारेमा बिस्तृत व्याख्या गरिनेछ। व्यक्तिगत रूपमा पनि व्याख्या गरिनेछ।
②→परीक्षणको लागि विद्यालयमा दर्ता गर्नसकिन्छ। र वास्तविक रुपमा दर्ता गरि कक्षा लिन सकिन्छ।
③→नयाँ भर्नाको लागि आवेदन फारम बुझाउनुपर्छ। भर्ना अवधि अनुसार, भर्नाको लागि अन्तिम म्याद फरक फरक हुन्छ।
④→व्यक्तिगत रूपमा अन्तर्वार्ता लिइनेछ। मिति र समय भने व्यक्तिसँग सल्लाह गरि मिलाइनेछ।
⑤→तपाईंको नयाँ भर्ना स्वीकृत हुनेछ। र तपाईंलाई भर्नाको नतिजा हुलाक मार्फत पठाइनेछ।

व्यक्तिगत व्याख्या सत्र (नयाँ भर्ना गर्दा सम्मको प्रक्रिया ①) को लागि आवेदन दिने अन्तिम म्याद
अगष्टको लागि नयाँ भर्ना: २०२६ जुलाई १० तारिक (शुक्र)
अक्टोबरको लागि नयाँभर्ना: २०२६ सेप्टेम्बर १० तारिक (बिही)
डिसेम्बरको लागि नयाँभर्ना: २०२६ अक्टोबर २३ तारिक (शुक्र)

आवेदन गर्ने तरिका: मिनामी कोइजुमी निम्न माध्यामिक बिधालयको रात्रीकालिन कक्षा को फोननम्बर ०८०-८२०१-१०९५ मा सिधै फोन गर्ने वा तलको URL मार्फत आवेदन गर्नुहोस।
सेन्दाई अनलाइन आवेदन सेवा https://logoform.jp/form/3PrJ/1655772
※SenTIA (फोननम्बर: ०२२-२६८-६२६०) बाट पनि तपाईंलाई सहयोग गर्न सक्छ।
※यदि तपाईं जापानी भाषा त्यति बुझ्नुहुदैन भने, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (टेलिफोन: ०२२-२२४-१९१९) मा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँबाट तपाईलाई भाषाको सहायता उपलब्ध हुनेछ।

संयुक्त रुपमा गरिने ब्याख्या सत्र (अक्टोबरमा लिइने नयाँभर्नाको लागि मात्र) ※क्लास भइरहेको कक्षामा गई तपाईंले अवलोकन गर्न सक्नुहुन्छ।
मिति र समय: २०२६ सेप्टेम्बर १ तारिक (मंगल) बेलुका ५:४५ देखि ७:०० बजे
स्थान: सेन्दाई शहर मातहत मिनामी-कोइजुमी निम्न माध्यामिक बिधालय
https://maps.app.goo.gl/YQLeCj4FrQdEvAWY6

आवेदन दिने अन्तिम म्याद: २०२६ अगस्ट २६ तारिक (बुध)
आवेदन गर्ने तरिका: शैक्षिक मार्गदर्शन विभाग, रात्रिकालीन कक्षा प्रतिनिधि फोननम्बर ०२२-२१४-८८७५ मा फोन गर्ने वा तलको URL मार्फत आवेदन गर्नुहोस।
सेन्दाई अनलाइन आवेदन सेवा https://logoform.jp/form/3PrJ/1644445
※SenTIA (टेलिफोन: ०२२-२६८-६२६०) ले पनि तपाईंलाई सहयोग गर्न सक्छ।
※यदि तपाईं जापानी भाषा त्यति बुझ्नुहुदैन भने, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (टेलिफोन: ०२२-२२४-१९१९) मा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँबाट तपाईलाई भाषाको सहायता उपलब्ध हुनेछ।

रात्रिकालिन कक्षामा आवेदन गर्न चाहानेहरुको लागि
कक्षा ७ र ८ (जापानको च्युगाक्को १ र २) को लागि केही विद्यार्थीहरू भर्ना आवाहन गरिएकोछ। नयाँभर्नाको लागि केही आवश्यक सर्तहरु छन।

नयाँ भर्नाको सर्तहरू: ① देखि ③मध्ये कुनै एक अन्तर्गत पर्ने, मियागी प्रान्त भित्रमा बस्ने मानिसहरूमा लागू हुन्छ।
① अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर नागेका व्यक्तिहरू
② विभिन्न कारणले गर्दा बिधालयमा अनुपस्थिति भै, पर्याप्त शिक्षा प्राप्त नगरी निम्नमाध्यमिक बिधालयबाट ग्राजुएसन गरेका व्यक्तिहरू।
③ आफ्नो देश वा जापानबाट अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर पर गरेका विदेशी नागरिक बालबालिका।
※हाल निम्नमाध्यमिक बिधालयमा अध्ययन गरेका विद्यार्थीहरू भर्ना लिने छैन।
भर्ना लिन चाहेको बिधार्थी संख्या: कक्षा ७ र ८ (जापानको च्युगाक्को १ र २) को लागि मात्र सिट संख्या
.यदि यस वर्षको लागि आवेदकहरुको संख्या पुगेको खण्डमा, हामी थप कुनै आवेदनको लागि आवाहन गर्ने छैनौं।
उदाहरणका लागि: यदि अक्टोबरको लागि नयाँभर्ना संख्या पुग्यो भने, डिसेम्बरको लागि नयाँभर्ना आवाहन गरिने छैन।
.यदि बिधालयले नयाँभर्ना लिन चाहेको व्यक्तिहरूको संख्या भन्दा, आवेदन दिनेहरुको संख्या बढी भएको खण्डमा, गोला तान्ने प्रक्रिया बाट भर्ना लिने कार्य गरिन्छ ।
छनोट विधि: नयाँ भर्ना आवेदन पत्र र व्यक्तिगत अन्तर्वार्ताको आधारमा विस्तृत निर्णय गर्नेछौं।
सम्पर्क स्थान: सेन्दाई शहर शिक्षा बिकास बोर्ड, शिक्षा मार्गदर्शन विभाग, रात्रिकालिन निम्नमाध्यमिक विद्यालय प्रतिनिधि, टेलिफोन: ०२२-२१४-८८७५
https://www.city.sendai.jp/kyoikukate/yakantyugaku/yakan.html