ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

[सूचना]「जापानी भाषा मातृभाषाको रुपमा नभएका बालबालिका र उनीहरुको अभिभावकको लागि शिक्षण क्यारियर मार्गदर्शन परामर्श मियागी 2026」आयोजना गरिनेछ(【お知らせ】「日本語を母語としない子どもと親のための進路ガイダンス宮城2026」を開催します)

जापानीज भाषा नबुझे पनि, जापानको उच्चशिक्षा आदिको बारेमा परामर्श लिन सकिन्छ।
「जापानको उच्चमाध्यमीक बिधालय भनेको कस्तो हुन्छ ?」 「शुल्क कतिजति लाग्छ होला?」
「उच्च शिक्षाको लागि तयारी कहिले देखि तयारी सुरु गर्नुपर्छ होला?」
निम्न माध्यमिक बिधालयका विधार्थी भाई बाहिनीहरू, जापानको विश्वविद्यालयका विद्यार्थीहरूसँग सँगै भविष्यको बारेमा सोचौं।

मिति र समय:2026 अगष्ट 1 तारिक(शनि)दिउँसो 1:00 बजेदेखि 15:30 बजे
स्थान :तोहोकु विश्वविद्यालय खावाउची क्याम्पस सभाहल भवन C

■ कसरी सहभागी हुने: कृपया निम्न दुई विकल्पहरू मध्येबाट छनौट गर्नुहोस्
1. तोहोकु विश्वविद्यालय कावाउची क्याम्पस (स्थल)
सहभागीहरू भेला भई, प्रत्यक्ष रुपमा कुराकानी सुन्न सकिन्छ ।
अंग्रेजी,चाइनीज,कोरियन,तागालग,स्पेनीष नेपाली भाषाहरु आदिको दोभाषे सहयोगीको पनि व्यवस्था छ।
२. अनलाइन (Zoom)
अनलाइनमा कम्युटर वा ट्याब्लेटबाट पनि सहभागी हुन सकिनेछ । ※जापानी भाषामा मात्रै हुनेछ। दोभाषे सहायताको व्यवस्था छैन।

■ सहभागी (अबलोकन)
लक्षित : नि माविका विद्यार्थी उनीहरुको अभिभावक, प्राथमिक विद्यालयका विद्यार्थीहरु
सहभागिता शुल्क: नि: शुल्क
दोभाषे :कार्यक्रम स्थलमा दोभाषे सहायताको व्यवस्था छ। माथिको「भाग लिन सकिने तरिका」मा हेर्नुहोस।
बिषय:(1)मियागी प्रान्तको उच्चमाध्यमीक बिधालय प्रबेश परिक्षाको बारेमा,(2)सिनिएरहरु, अभिभावकको अनुभव
(3)आफ्नो आफ्नो भाषा अनुसार विभाजित समूहमा परामर्श लिन सकिने
(4)विश्वविद्यालयका विद्यार्थीहरूसँग आफ्नो भविष्यको बारेमा सोचौं(नि माविका विद्यार्थी)

■ आवेदन गर्ने तरिका
सहभागी हुन इच्छुक व्यक्तिहरुले, अग्रिम आवेदन दिनुहोला ।①② कुनैपनि तरिकाबाट आबदेन गर्न सक्नुहुन्छ ।
①अनलाइन (Google Form) बाट आवेदन दिने
URL: https://forms.gle/M7YQaXbc2EUCLuKk7
②आवेदन फारम भरेर, Email अथवा FAX बाट पठाउने
※आवेदन दिने अन्तिम मिति जुलाई ३१ तारिक (शुक्र) दिउँसो १२:०० बजेसम्म हो।

■ सम्पर्क स्थान, आबेदन गर्ने ठेगान
मियागी अन्तर्राष्ट्रिय संघ (MIA)
टेलिफोन: (०२२) २७५-३७९६ फ्याक्स: (०२२) २७२-५०६३
इमेल: mail*mia-miyagi.jp
(कृपया 「*」यो चिन्ह लाई 「@」 मा परिवर्तन गर्नुहोस।)

सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA)
टेलिफोन: (०२२) २६८-६२६० फ्याक्स: (०२२) २६८-६२५२
इमेल: kokusaika*sentia-sendai.jp
(कृपया 「*」यो चिन्ह लाई 「@」 मा परिवर्तन गर्नुहोस।)