ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

मिडिया टेक मा चिबी पार्क メディアテークdeちびぱーく(बच्चा खेलाउन लागि ठाउँ)(SenTIAको सहयोगमा, सेन्दाई मिडिया टेक द्वारा आयोजित कार्यक्रम) जुलाई 8 तारिक र 9 तारिक

बच्चाहरू खेलाउन, अन्य अभिभावकहरु सँग भेटघाट गर्नको लागि रमाइलो ठाउँ हो।
बाल हेरचाह बारेमा पनि जानकारीहरु पाइनेछ। अवश्य, आउनुहोला।
※ बच्चा हेरचाह गरिदिने व्यवस्था भने उपलब्ध छैन।
※SenTIA मिनी कर्नर (सूचना बोर्ड) पनि राखिने छ।

समय: 2026 जुलाई 8 तारिक (बुध) र 9 तारिक (बिही) बिहान 10:00 बजेदेखि दिउँसो 3:00 बजे
स्थान: सेन्दाई मिडिया टेक को पहिलो तल्ला ओपन स्क्वायर
(सेन्दाई आओबा कु खासुगा माची २-१)
https://maps.app.goo.gl/aUjsHHzBikp4xn7S7
सहभागिता शुल्क : नि:शुल्क (कुनै पैसा लाग्दैन)।
बुकिंग गर्नु पर्दैन (सिधै कार्यक्रम स्थलमा आउनुहोस)
लक्षित : ० देखि ६ वर्ष सम्मका बालबालिका र उनीहरूका अभिभावक
आयोजक : सेन्दाई मिडिया टेक ((सरकारी)) सेन्दाई सिटी नागरिक सांस्कृतिक प्रतिष्ठान)
योजना र व्यवस्थापन : निशी पार्क प्ले पार्क संघ, सेन्दाई सिटी बाल हेरचाह अन्तर्क्रिया प्लाजा (नोबिसुकु सेन्दाई), SenTIA, आदि
सम्पर्क : सेन्दाई मिडिया टेक योजना तथा अन्य गतिविधि सहयोग कक्ष (जापानी भाषामा मात्र)
टेलिफोन : ०२२-७१३-४४८३ office@smt.city.sendai.jp

मिडिया टेक मा चिबी पार्क メディアテークdeちびぱーく(बच्चा खेलाउन लागि ठाउँ)
https://www.smt.jp/projects/sfp/2025/12/-de.html