भारी वर्षा र ठुलो आँधीबेहरी (ताइफुन) बाट सावधान रहौं, (आफ्नो जीवन बचाउन गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू) 大雨や台風に気をつけましょう
जापानमा हरेक वर्ष, भारि वर्षा तथा टाइफुनले विपत ल्याउने गर्दछ। लगातार भारी बर्षा भएमा, पहाड भासिएर पहिरो जाने, खोलाको पानि उर्लेर आउने हुनाले यसले ठूलो क्षति गर्न सक्छ। ज्यान बचाउनको लागि पहिलेदेखि नै प्राकृतिक विपत्तिको लागि तयारी गर्ने र विपत्तिको समयमा उचित निर्णय लिनु महत्त्वपूर्ण हुन्छ।
【सतर्कता(ध्यानपुर्याउनु पर्ने कुराहरु)अपनाउन आवश्यक पर्ने मौसम】
गर्मियामको शुरुवात (जुन-जुलाई) : वर्षाको मौसमा, धेरै पानी पर्ने गर्दछ।
गर्मियाम (जुलाई-अगस्ट) : अचानक पानी पर्ने, चट्याङ पर्ने गर्दछ।
शरदयाम (सेप्टेम्बर-नोभेम्बर): टाइफुन आउने, तथा भारी वर्षा हुने गर्दछ।
●Japan Meteorological Agency Disaster Information (Multilingual)
जापान मौसम विज्ञान शाखाको विपद जानकारी (बहुभाषामा)
जापान मौसम विज्ञान शाखाले, बाढी वा डुबान, पहिरोको जोखिम आदि, खतराको तह ५ चरणमा प्रदशित गरि,「किकिकुरु (आउने खतरा) (भारी वर्षा र बाढीको चेतावनीको लागि खतराको चरण देखाउने नक्सा वितरण)」को प्रकाशित गरेको छ। यो, जापानी भाषाको अतिरिक्त, अन्य १४ वटा भाषाहरूमा पनि हेर्न सकिन्छ।
●बहुभाषामा तयार गरिएको विपद न्यूनीकरण पम्प्लेट『बाढी र पहिरोबाट आफु बाच्नको लागि सल्लाह सुझाव』(६वटा भाषाहरू मा)
「पहिलेबाट नै प्राकृतिक विपत्तिको लागि तयारी गरौ」「विपद सम्वन्धि जानकारीहरु लिऔ」「बिपतको खतरा भएको समयमा, छिटोभन्दा छिटो आवश्यक कदम चालौं」
○नेपाली र जापानी भाषा ○अंग्रेजी र जापानी भाषा ○चाइनिज र जापानी भाषा ○कोरियाली र जापानी भाषा ○भियतनामी र जापानी भाषा
●5 चरणको विपद् न्यूनीकरण र बाढी सम्बन्धी जानकारी

○「2026 मे 29 तारिक(शुक्रबार)देखि लागू हुने गरी, विपद् न्यूनीकरण मौसम जानकारी नयाँ तरिकाले तयार गरिएको छ」
○「भारी वर्षा आदि विपदबाट आफु बाच्नको लागि」(सरल जापानी भाषा संस्करण)
○「Staying Safe During Heavy Rain Disasters」(अंग्रेजी संस्करण)
●『सेन्दाई शहर विपद् बहुभाषा सहायता केन्द्र』वेबसाइट

