सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 5 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (5 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. राष्ट्रभरि एकैसाथ जे-अलर्ट सूचना प्रसारण परीक्षण कार्य गरिनेछ
2. उच्च माध्यमिक विद्यालय आदि अध्ययन गर्नको लागि ऋण सहायता प्रणालीको जानकारी
3. तेस्रो बच्चा पछिको बच्चालाई प्राथमिक विद्यालय भर्नाको लागि लाग्ने रकम सहयोग प्रदान गर्नेछौं
4. कर सम्बन्धि जानकारी
●अर्थिक वर्ष २०२६ को नगर तथा प्रान्तीय कर, कर तिरेको (कर छुट भएको) प्रमाणपत्र (आय प्रमाणपत्र) जारी गर्नेछौं
●के तपाईंले नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?
5. एड्स, सिफिलिस सोही दिन परीक्षण गरिने
6. राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानी सम्बन्धी समायोजन फारम पठाउनेछौं
7. अवकाश पाएपछि राष्ट्रिय पेन्सनको लागि आवेदन दिन नबिर्सनुहोला
8. नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै गरेका, एक भन्दा धेरै बच्चा भएको परिवारहरूको लागि) मे १६ तारिक (शनि) सम्म आवेदन बुझिने
