ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

ठूलो भूकम्प गएको एक हप्ता भयो, तर अब पनि नआउँला भन्न सकिदैन त्यसैले, कृपया सावधान रहनुहोला(大きな地震が起こって1週間 これからも気をつけて(2026.4.27))

अप्रिल 20 तारिक होक्काइदोको सानरिकु तटमा ठुलो भूकम्प जान सक्ने सम्भावना थियो। त्यसैले, सर्वसाधारणमा चेतावनी जारी गरिएको थियो र चेतावनी जारी गरेको एक हप्ता नागेको छ।
त्यसपछि आउने ठुलो भूकम्पको आशंकामा एक हप्ता अवधि भरि सावधानीको रहन अपिल गरिएको र त्यो अवधि समाप्त भएको छ, तर पनि फेरि ठूलो भूकम्प नआउँला भन्न सकिदैन त्यसैले, भूकम्प र सुनामी बाट सुरक्षित रहन तयारी अवस्थामा रहौं।

■भूकम्प बाट आफु सुरक्षित रहनको लागि केहि सुझाव
https://int.sentia-sendai.jp/saigai/download/bousai_nepal.pdf

■बहुसांस्कृतिक बिप्द रोकथाम पेज
https://int.sentia-sendai.jp/n/life/bousai.html