ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

[सूचना] भालु देखि सावधान रहनुहोस(クマに気を付けてください)

सेन्दाई शहरमा भालुको संख्या र चहलपहल बढिरहेको छ।
भालु खानेकुराको खोजीमा मानव बस्तीमा आउँन सक्छ। त्यसैले, बाहिर तीर खानेकुराहरु नराखौं।
भालु देखापर्यो भन्ने जानकारी आएको क्षेत्र तिर जाँदा घण्टी वा रेडियो आदि साथै लिएर जाने वा ठुलो आवाजमा कुरागर्दै हिड्नेगरौँ।
विशेष गरी बिहान र बेलुकाको समयमा सावधान अपनाउनुहोला।
यदि भालु सँग जम्काभेट भयोभने, नडराईकन उसलाई हेर्दै बिस्तारै आफु पछि हट्नुहोस।

बिस्तृत जानकारीको लागि तलको लिंकमा हेर्नुहोस।
[सेन्दाई शहर] 
https://www.city.sendai.jp/kankyochose/kurashi/shizen/petto/yase/higai/tsukinowaguma.html
[मियागी प्रान्त] 
https://www.pref.miyagi.jp/soshiki/sizenhogo/kumatyuui.html

सम्पर्क: पर्यावरण सम्रक्षण समाज बिभाग टेलिफोन: ०२२-२१४-००१३