सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 4 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (4 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. कर सम्बन्धि जानकारी
●नगर कर प्रमाणपत्र वितरण गर्नेछौं।
●नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?
2. बिधालय सहायता अनुदान प्रणालीको जानकारी
3. नागरिक स्वास्थ्य जाँचको लागि आवेदन दिन नबिर्सनुहोला
4. बाल-पालनपोषण भत्ता, विशेष बाल-पालनपोषण भत्ता प्रदान गरिने रकम परिवर्तन हुनेछ।
5. अप्रिलदेखि, बाल चिकित्सा खर्च अनुदानको लागि १८ बर्षको लक्षित उमेर बढाई आर्थिक वर्षको अन्त्यसम्ममा गरिनेछ
6. अप्रिल देखि बालबालिका पालनपोषण सहयोग अनुदान प्रणाली सुरु हुनेछ।
7. बच्चा जन्माउनु अघि र पछिको अवधिमा राष्ट्रिय पेन्सन तथा बीमा भुक्तानी छुट हुने
8. राष्ट्रिय पेन्सन बिमा भुक्तानी छुट आदिको लागि आवेदन २ वर्ष एक महिना पहिलेको पनि दिन सकिन्छ
9. राष्ट्रिय स्वास्थ्य बीमा छोड्दा सूचना पेश गर्न नबिर्सनुहोला
10. प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको निबेदन स्वीकार गरिनेछ
11. बच्चाहरु सबैलाई किन्डरगार्टनमा राख्न सकिने प्रणाली (बालबालिका आदिको किन्डरगार्टनमा राख्न सकिने सहयोग परियोजना) संचालन गरिएको छ।
