सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 3 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (3 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. बसाईसराई गाइड
●बसाईसर्दा निस्कने फोहोर
●बसोबास परिवर्तनको सूचना दर्ता, उपचार खर्च अनुदान प्रक्रिया आदि लागीको काउन्टर
●सार्वजनिक सेवा शुल्क आदि
●प्राथमिक, निम्न,माध्यमिक विद्यालय परिवर्तन वा नयाँ भर्ना गर्न
2. बसाईसराईको सिजनमा वार्ड कार्यालयको काउन्टर बिदाको दिन पनि खुल्ला गरि, साथै सरकारी कार्यालयको दिन पनि बेलुका ६ बजे सम्म लम्बाईएको छ।
3. नगर बस संचालनको सूचना
4. जीवनयापन भत्ता, सहायता अनुदान प्राप्त गरिरहेका परिवारको लागि खानेपानी र ढल उपयोग शुल्क छुटको लागि आवेदन लिइनेछ
5. कर सम्बन्धि सूचना
●नगर तथा प्रान्तीय कर, आयकर आदिको कर समायोजन को अन्तिम म्याद नजिकिँदैछ
●कृपया विधुतीय साधनको प्रयोग गरि वा घरमा नै फारम भरि हुलाक बाट पठाउने गरि कर समायोजन गर्नुहोस।
6. आर्थिक वर्ष २०२५ मा आवासीय कर छुट भएको घरपरिवारहरूलाई उपहार कार्डहरू वितरण गरिनेछ।
7. बढ्दो मूल्यवृद्धि विरुद्ध बाल हेरचाह सहयोग भत्ता दिइनेछ, प्रति बच्चा २०,००० येन
8. उद्योग ब्यबसाय परामर्श कार्यक्रम
9. नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला – मार्च १६ तारिख (सोम) सम्म आवेदन बुझिने-
10. जापानी भाषाकक्षाको जानकारी
