यस पछि आउने भूकम्प बाट साबधानी अपनाउनुहोला। 北海道・三陸沖後発地震注意情報(2025.12.09 02:00)
यो डिसेम्बर ९ तारिख २:०० बजे जापान मौसम विज्ञान बिभागबाट आएको सूचना हो।
होक्काइदो, सानरिकु (आओमोरी, इवाते र मियागी प्रान्तहरूको प्रशान्त क्षेत्र) को तटमा फेरी अर्को ठूलो भूकम्प जान सक्ने सम्भावना छ। टेलिभिजन, रेडियो, आदिबाट प्रशारण गरिने जानकारीमा ध्यान दिनुहोस।
अबको एक हप्तामा ठुलो भूकम्प र सुनामी आउन सक्ने सम्भावना भएको हुँदा, त्यसको लागि तयारी गरि बस्नुहोला। जानकारीको लागि लिङ्क हेर्नुहोस।
https://www.bousai.go.jp/jishin/nihonkaiko_chishima/sankou_shiryou.html
https://www.city.sendai.jp/anzensuishin/kurashi/anzen/saigaitaisaku/kouhatsutyuui.html
