सेन्दाई अन्तर्राष्ट्रिय हाफ म्याराथन प्रतियोगितामा विदेशी धावकहरू सहभागीताको लागि आह्वान(仙台国際ハーフマラソン2026 海外出身ランナー募集)
सेन्दाई अन्तर्राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता, प्रत्येक वर्ष मे महिनाको दोस्रो आईतबार (२०२६ मे १० तारिक प्रतियोगिता आयोजना) को दिन मियागी प्रान्तको सेन्दाई शहरमा आयोजना गरिने छ, यो जापान भित्रको प्रमुख शहरीय उच्च स्तरको हाफ म्याराथन प्रतियोगिता हो।
लगभग १०,००० धावकहरूले भाग लिनेछन, हरियाली सौन्दर्यले भरिएको शहरमा दुबैतिर रुखले घेरिएको धावन मार्गमा, प्रोफेसनल धावकहरू देखि लिएर स्थानीय स्थरका धावकहरू सबैले आनन्द लिन सक्छन। अन्तर्राष्ट्रिय कार्यक्रमको रूपमा, यहाँ विदेशबाट पनि धेरै खेलाडीहरूले सहभागिता जनाउनु नै यसको विशेषता हो।
सेन्दाई अन्तर्राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको लागि हाल, विदेशबाट आउने धावक, अन्तर्राष्ट्रिय विद्यार्थी र सेन्दाईमा बसोबास गरिरहेका विदेशनागरिक धावकहरू पनि सहभागीताको लागि आह्वान गरिरहेको छ!
प्रबेशको लागि आवेदनको अन्तिम म्याद २०२६ जनवरी ६ तारिक हो।
हामी तपाईंहरुको प्रवेशको प्रतिक्षामा छौं!
▼ प्रतियोगिताको लागि आधिकारिक वेबसाइट (अंग्रेजी)
https://www.sendaihalf.com/en/
▼प्रवेश साइड (Run Japan)
https://runjapan.jp/entry/runtes/smp/competitiondetail.do?raceId=E336129&div=1
▼प्रवेश साइड (JTB Sports Station)
https://jtbsports.jp/en/detail/b1itz
※दुईवटा प्रवेश साइडहरू छन। कृपया कुनै एक छानी आवेदन गर्नुहोस।




