डिसेम्बर ७ तारिक सेन्दाईमा विदेशीनागरिकहरूका लागि संयुक्त परामर्श कार्यक्रम (外国人のための合同相談会inせんだい)
मिति र समय: २०२५ डिसेम्बर ७ तारिक(आईत)१०:०० बजे देखि ४:०० बजे (बुकिंग गर्न आवश्यक)
स्थान: मियागी प्रान्त सेन्दाई शहर मियागीनो कु चुचुजी गाओका २-५-२६
तोहोकु फुकुशी विश्वविद्यालय, सेन्दाई स्टेशन पुर्वपट्टिको ढोका क्याम्पसको, पहिलो तल्ला
परामर्श लिन सक्ने व्यक्तिहरू:
तोहोकु क्षेत्र र तोहोकु क्षेत्र वरिपरीमा बसोबास गर्ने विदेशीनागरिकहरू
तोहोकु क्षेत्र र तोहोकु क्षेत्र वरिपरीमा बसोबास गरेका विदेशीनागरिकलाई रोजगारी दिइरहेको वा रोजगारी दिने योजना बनाइरहेका कम्पनीका व्यक्तिहरु
परामर्श लिन सकिने संघसंस्था:
अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन)
मियागी श्रमिक ब्युरो
सेन्दाई शहर औद्योगिक प्रवर्द्धन संघ
सेन्दाई बार एसोसिएसन
सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (सेन्टिया)
मियागी प्रान्त प्रशासनिक लेखनदास
परामर्श गर्न सकिने कुराहरु:
बसाई अनुमतिको अवस्था, रोजगार, उद्ध्योग व्यवसाय सुरु गर्न, कानुनी, दैनिक जीवन, भिजा परिवर्तन (किका), आदि बारेको परामर्श
दोभाषे उपलब्ध:
अंग्रेजी, चिनियाँ, भियतनामी, तागालोग भाषाहरु
यदि तपाईं यी भाषा बाहेक अन्यभाषाको लागि अनुरोध गर्नु चाहनुहुन्छ भने, कृपया बुकिंग गर्दा हामीलाई भन्नुहोस।
बुकिंग गर्ने तरिका:
※डिसेम्बर १ तारिक (सोम) सम्ममा बुकिंग गर्नुहोस।
〇 इमेल: si-sinsa-ukeire@i.moj.go.jp
इमेल रिसेप्सनको लागि मात्र हो। रिसेप्सन बाहेक अन्य सोधपुछको जवाफ दिन सक्दैनौं।
इमेल गर्दा तलको निम्न ① देखि ⑦ सम्मका कुराहरु लेखि पठाउनुहोस।
① नाम ② राष्ट्रियता ③ हालको बसोबास स्थिति (जाईरयु सिकाकु) ④ जन्म मिति
⑤के तपाईंलाई दोभाषे चाहिन्छ? यदि चाहिन्छ भने, कुन भाषाको?
⑥ तपाईंले परामर्श गर्न चाहनु भएको कुराहरु वा समस्या भएका कुराहरु
⑦ आफ्नो पाएक पर्ने समय (१०:०० देखि 3:३०)
〇टेलिफोन: ०५७०-०२२२५९ (ध्वनि निर्देशन५१#)
सेन्दाई अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन), निरीक्षण विभाग नम्बर दोश्रो खण्ड
※जापानी भाषामा सञ्चालन हुनेछ।
〇काउन्टर: सेन्दाई अध्यागमन ब्यूरोको काउन्टरमा आवेदन दिनुहोस।
※परामर्शको लागि बुकिंग गरेकाहरूलाई प्राथमिकता दिइनेछ। प्रत्येक परामर्शको लागि लगभग ३० मिनेट हुन्छ।
[सम्पर्क]
आयोजक: अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) मियागी प्रान्त सेन्दाई शहर मियागीनो कु १-३-२०)
फोन: ०५७०-०२२२५९ (ध्वनि निर्देशन ५१#)

.jpg)
-727x1024.jpg)