सेन्दाई शहर मातहत मिनामि कोइजुमी निम्नमाध्यामिक बिधालयको रात्रीकालिन कक्षामा आर्थिकबर्ष २०२६ को लागि विद्यार्थी भर्ना खुल्ला (सेन्दाई शहर शिक्षा बिकास बोर्ड बाटको सूचना)(夜間学級)

•आवेदनको लागि योग्यता= यी निम्न मध्ये कुनै पनि एक मापदण्ड पूरा गरेका र मियागी प्रान्तमा बसोबास गर्ने व्यक्तिहरु
(1)अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर नागेका व्यक्तिहरू
(2)विभिन्न कारणले गर्दा बिधालयमा अनुपस्थिति भै, पर्याप्त शिक्षा प्राप्त नगरी निम्नमाध्यमिक बिधालयबाट ग्राजुएसन गरेका व्यक्तिहरू
(3)आफ्नो देश वा जापानबाट अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर पर गरेका विदेशी नागरिक बालबालिका।
आवेदन: नगरपालिकाको वेबसाइटबाट नयाँ भर्ना आवेदन फारम डाउनलोड गरि, आर्थिक बर्ष २०२६ जनवरी ३० तारिक भित्रमा पठाउने (यस मिति भित्र पुग्ने गरि)।
सेन्दाई शहरको वेबसाइट
https://www.city.sendai.jp/kyoikukate/yakantyugaku/yakan.html
नयाँ भर्ना बारे व्याख्या कार्यक्रम
•मिति समय=
(1) डिसेम्बर २ तारिक (मंगल) साँझ ६:३० बजेदेखि ७:१५,
(2) डिसेम्बर २० तारिक (शनि) दिउँसो २:०० बजेदेखि २:४५,
(3) जनवरी २० तारिक (मंगल) साँझ ६:३० बजेदेखि ७:१५
•लक्ष्य= आर्थिक बर्ष २०२६ मा नयाँभर्ना हुन चाहनेहरू र उनीहरू सँग सम्बन्धित व्यक्तिहरु
•आवेदन=
(1) नोभेम्बर २८ तारिक,
(2) डिसेम्बर १७ तारिक,
(3) २०२६ जनवरी १६ तारिकमा फोन मार्फत आबेदन गर्न सकिन्छ।
अथवा वेबसाइट मार्फत पनि आवेदन दिन सकिन्छ।
यी कुनैपनि माध्यमबाट आवेदन, सोधपुछ गर्नको लागि शिक्षा मार्गदर्शन विभाग ०२२-२१४-८८७५ मा फोन गर्नु सक्नुहुन्छ।
यदि तपाईंलाई जापानी भाषा आउदै भने, कृपया सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको (टेलिफोन: ०२२-२२४-१९१९) मा सम्पर्क गर्नुहोस। यहाँ बहुभाषाको सहयता उपलब्ध हुनेछ।


