ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 11 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (11 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1. कानले सुन्न सक्ने हजाड म्याप (जोखिम क्षेत्रको नक्सा) (बहुभाषामा पनि)

2. जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण गरिनेछ

3. उच्चमाध्यामिक विद्यालय आदि अध्ययन कोष ऋण सहायता प्रणाली बारेको जानकारी

4. उद्योग ब्यबसाय परामर्श कार्यक्रम

5. सेन्दाई शहर मातहत मिनामि कोइजुमी निम्नमाध्यामिक बिधालयको रात्रीकालिन कक्षामा आर्थिकबर्ष २०२६ को लागि विद्यार्थी भर्ना खुल्ला

6. एड्स, सिफिलिस सोही दिन परीक्षण

7. नागरिक स्वास्थ्य परिक्षण गराउन नबिर्सनुहोला

8. नोरोभाइरस (हैजा) बाट साबधानी अपनाउनहोस

9. आर्थिक वर्ष २०२६ बाल क्लबको लागी आवेदक आवाहन