ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

[सूचना] सेन्दाई शहरबाट बहुभाषामा विपद रोकथाम सूचना दिने नयाँ एपको जानकारी: युनि-भ्वाइस(【おしらせ】仙台市から新しい多言語防災アプリのお知らせ:Uni-Voice)

Document

 १. सुरुमा: जापानको विपदको लागी गर्ने तयारीहरुको बारेमा

सेन्दाईमा भूकम्प, सुनामी, भारी वर्षा र बाढी लगायत विभिन्न विपदहरूको जोखिम हुन्छ।
「कुनै पनि विपत्ति आउँदा, कहाँ खतरा छ र कहाँ भाग्ने भन्ने कुरा के तपाईंलाई थाहा छ?」
「Uni-Voice(युनि-भ्वाइस)」भन्ने एप प्रयोग गर्यो भने, खतरा क्षेत्रहरू र भागेर जाने सुरक्षित ठाउँको बारेमा सजिलैसँग पत्ता लगाउन सकिन्छ। विपद आउनु अगाडि नै, एपको डाउनलोड गरि, जाँचबुझ गरिराखौं ।

 २. एपका विशेषताहरू

・यो एप्लिकेसन नि:शुल्क (¥०) प्रयोग गर्न सकिन्छ!
・तपाईंले यो एपले प्रयोग गर्नुभयो भने,प्रकृतिक विपदको बेलामा「खतरा ठाउँ」र 「भागेर जानु सुरक्षित ठाउँ」को बारेमा जान्न सकिन्छ।
・यो एप चाँही, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषामा हेर्न सकिन्छ।

 ३. एपमा「खतरा ठाउँ」र 「आश्रयस्थल」 जाँच गर्ने तरिका (प्रयोग गर्ने तरिका)

एकचोटि तपाईंले एप डाउनलोड र सेटअप गरेपछि, यसलाई तुरुन्तै प्रयोग गर्न सक्नुहुन्छ।

● चरण १: एप सेटअप गरौ
१. तपाईं पहिलो पटक एप प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईं आफ्नो हाल भएको स्थान र अन्य जानकारी सेट गर्नुपर्नेछ।
२. सेटिङहरू पूरा भएपछि, 「नक्सा आइकन」 मा ट्याप गर्नुहोस।
३. यो स्क्रिन (「हालको स्थानको जानकारी स्क्रिन)」मा मौसम आदिको जानकारी हेर्न सक्नुहुन्छ।

चरण २: 「हजाडम्याप (आफु बसोबास गरेको क्षेत्र जोखिम छ,छैन हेर्ने नक्सा)」हेरी खतरा भएको क्षेत्रहरू र भागेर जानको लागी आश्रयस्थलको पुष्टी!
「हालको स्थानको जानकारी」स्क्रिनमा रहेको 「हजाडम्याप」को चिन्हमा ट्याप गर्नुहोस।
यहाँबाट, बाढी, पहिरो र सुनामी आदि जोखिम रहेको「खतरा ठाउँ」पुष्टी गर्न सकिन्छ।
「भागेर जान सुरक्षित ठाउँ (आश्रयस्थल)」खोज्न सकिन्छ।
साथै, आश्रयस्थल सम्म「जाने बाटो」पनि हेर्न सकिन्छ।

 ४. कुनैपनि प्राकृतिक बिपदहरु आउँदा

जब कुनै विपद आउन लागेको हुन्छ, सेन्दाई शहरले「भागेर जानुहोस」भन्ने जानकारी जारी गर्नेछ।
यदि आफु बसेको छेत्र हजाडम्यापमा रङ लगाइएका क्षेत्रमा परेको छ भने खतरा क्षेत्र भन्ने बुझी सुरक्षित स्थानमा भाग्नु आवश्यक हुन्छ।
एपको प्रयोग गरि पहिले नै सुरक्षित ठाउँहरू पत्ता लगाई राखौं।
[एप प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरू]
आश्रयस्थल सम्मको बाटो पत्ता लगाउनको लागी, विपद आउनु भन्दा अगाडि नै नेभिगेसन प्रयोग गरि जाने बाटोको बारेमा जानकारी राखौं।
・विपद् आउँदा, सडकहरू क्षतिग्रस्त वा खतरनाक हुन सक्छ। सुरक्षित स्थानमा जाँदा, टिभी वा रेडियोमा तत्कालैको नयाँ जानकारीहरु हेरी, आफ्नो वरपरका मानिसहरू सँग जानकारी लिएर मात्रै कदम चाल्नुहोला।

 ५. एपको बारेमा जानकारी

एप तलको लिङ्कबाट डाउनलोड गर्न सकिन्छ।
एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नेहरूका लागि, यहाँ क्लिक गर्नुहोस
आईफोन प्रयोग गर्नेहरूका लागि, यहाँ क्लिक गर्नुहोस
・विपद् आइपर्दा, सेन्दाई शहरको「सुरक्षित स्थान जानकारी वेबसाइट」 वा सेन्टिया विपद् बहुभाषीय सहयोग केन्द्रको वेबसाइटमा तत्कालैको नयाँ जानकारीहरु हेरी, तदनुसार कदम चाल्नुहोस।
सेन्दाई शहरको वेबसाइट「विपद् जानकारी वेबसाइट」
SenTIA वेबसाइट「सेन्दाई शहर विपद् बहुभाषीय सहयता केन्द्र」
・एप व्यवस्थापन संगठन: सेन्दाई शहर संकट व्यवस्थापन ब्यूरो विपद् न्यूनीकरण प्रवर्द्धन विभाग
・एपको बारेमा थप जान्न चाहनेहरूका लागि, यहाँ क्लिक गर्नुहोस:
सेन्दाई शहरको वेबसाइट「कानले सुन्न सकिने हजाडम्याप」