ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

भालु देखि सावधान रहनुहोस(クマに気を付けてください)

शरद ऋतु (आकी) मा, जाडो शुरुहुनु भन्दा अघि भालुहरू खानाको खोजीमा मानव बस्ती नजिक तिर देखा पर्न सक्छन। त्यसैले, बगैचामा पाकेर टिप्नेबेला भएको हलुवाबेद वा कटुस भएमा चाडैनै टिप्नेकार्य गरौ। साथै, भालु देखिएको भन्ने जानकारी आएको क्षेत्रहरू तिर जाँदा घण्टी वा रेडियो साथमा लिएर जाने, विशेष गरी बिहान र बेलुकाको समयमा भालु देखि सावधान रहनुहोस। यदि भालु सँग जम्काभेट भयोभने, नडराईकन एकअर्काको सामना गर्ने र उसलाई नजिस्काइ बिस्तारै आफु पछि हट्नेगरौं।

बिस्तृत जानकारीको लागि सिटिको वेबसाइटमा हेर्नुहोस।
https://www.city.sendai.jp/kankyochose/kurashi/shizen/petto/yase/higai/r07kuma.html 

सम्पर्क: पर्यावरण सम्रक्षण समाज बिभाग टेलिफोन: ०२२-२१४-००१३