ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागीताको लागि आवाहन खुल्ला !】 विदेशीसँग सम्बन्ध भएका विद्यार्थीहरूको लागि अन्तर्क्रिया कार्यक्रम ~ सिनियरहरुको कुराकानी सुनौं!~(外国につながる生徒等のための交流会~先輩の話を聞こう!~)

SenTIA ले, विदेशीसँग सम्बन्ध भएका विद्यार्थीहरूको लागि अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नेछ।
पहिलो हाफमा, विदेशबाट जापानमा आएर, उच्च माध्यमिक विद्यालय पढेका सिनियरहरुको कुराकानीहरु सुन्नेछौं।
दोस्रो हाफमा, सबैजना भै उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयका दाई, दिदिहरू सँग समूहमा विभाजन गरि, कुराकानीको लागि आयोजना गर्नेछौं।
आफुलाई मन पर्ने काम खोज्ने र त्यो काम पाउन कस्तो प्रकारको अध्ययन गर्न आवश्यक पर्छ, भन्ने बारेमा छलफल गर्नेछौ।
हामी तपाईंको सहभागिताको लागि प्रतीक्षारत छौं!

■मिति र समय : २०२५ डिसेम्बर २१ तारिक (आईत), दिउँसो १:३० बजेदेखि ३:३० बजे सम्म
■स्थान: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ सम्मेलन कक्ष (सेन्दाई शहर आओबा-कु इचिबान्चो ३-३-२० चौथो तला)

■लक्षित: विदेश सँग सम्बन्ध भएका निम्न माध्यमिक बिधालय १, २ र ३ कक्षाका विद्यार्थीहरू, र उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षाको लागि तयारी गर्दै गरेका विधार्थीहरु
■सहभागी संख्या: लगभग १५ जना

■सहभागिता शुल्क चाँही नि:शुल्क हो। (० येन)
■बिषय सामग्रीहरू:
①उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको कुराहरु (उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा, जापानी भाषा अध्ययन, उच्च माध्यमिक विद्यालय जीवन बारेको कुराहरू, आदि)
②कार्यशाला आयोजना (आफ्नो रुचिको आधारमा तपाईंको भविष्यको बारेमा सोची कुराकानी गर्ने)

■डिसेम्बर ७ तारिक (आईत) सम्ममा तलको लिंक गुगल फारमबाट आवेदन गर्नुहोस।
 URL https://forms.gle/Bks3E19U6QMCz2cs9 

■प्रायोजक: सेन्दाई शहर शिक्षा कार्यालय
■सहयोग: सेन्दाई शहर सेन्दाई मातहत उच्च माध्यमिक विद्यालय, सेन्दाई इकुए गाकुएन उच्च माध्यमिक विद्यालय, विदेशी बालबालिका सहायता संघ, सात्तो जापानी भाषा क्लब

■आयोजक, सम्पर्क:
सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA ,सेन्टिया)
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, बहुसांस्कृतिक समाज बिभाग (कार्यकारी: सातो)
टेलिफोन: (०२२)२६८-६२६० / इमेल: m-sato@sentia-sendai.jp

※यो कार्यक्रम, सार्बजनिक हित, स्थानीय परिषद् अन्तर्राष्ट्रिय समाज सम्बन्ध संघको सहयोग प्राप्त गरि आयोजना गरिएको हो।