ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【जानकारी 】सन 2025 को जनगणना संबन्धि अनुरोध(2025年 国勢調査のお願い)

जापानमा बसोबास गर्ने व्यक्तिहरुका बारेमा सूचना संकलन गर्न , राष्ट्रिय जनगणना शुरु गरेको छ ।
जापानमा जनगणना पाँच वर्षमा एक पटक हुने गर्दछ ।
जापानमा बसोबास गर्ने सबै व्यक्तिहरुले जनगणना को प्रश्नको उत्तर दिनु पर्दछ ।
बिदेशी नागरिक पनि, जापानमा तिन वर्ष भन्दा लामो समय बसोबास गरेको भएमा जनगणना को प्रश्नको उत्तर दिनु पर्दछ । भिसाको प्रकार सँग कुनै मतलब हुदैन ।

विदेशी भाषाको जानकारी चाँही, राष्ट्रिय जनगणनाको होमपेज मा राखिएको छ ।
https://www.kokusei2025.go.jp/language/ 

कसरी जवाफ दिने भनेर जान्नको लागि तपाईंले भिडियो हेर्न सक्नुहुन्छ।
https://www.youtube.com/watch?v=7d2JXrF-EDE&t=2s

(जनगणनाको जवाफ दिने तरिका )
तपाइको घरमा एउटा चिट्ठी पठाइने छ ।

त्यस भित्र भर्ने कागज हालिएको हुन्छ ।
उक्त कागजमा जवाफ लेख्नु पर्दछ ।

★इन्टरनेट बाट पनि यसको जवाफ दिन सकिन्छ ।
इन्टरनेट बाट चाँही, जापानीज,अंग्रेजी,चिनियाँ,कोरियन,भियतनामी, पोर्चुगाली र स्पेनिस भाषामा
यसको जवाफ दिन सकिन्छ ।

(जापानिज)
https://www.e-kokusei.go.jp/online/html/top.html 
(अंग्रेजी)
https://www.e-kokusei.go.jp/online/html/top_en.html 
(सरलीकृत, चिनियाँ)
https://www.e-kokusei.go.jp/online/html/top_cn.html 
(परम्परागत, चिनियाँ)
https://www.e-kokusei.go.jp/online/html/top_tw.html 
(कोरियन)
https://www.e-kokusei.go.jp/online/html/top_ko.html 
(भियतनामी)
https://www.e-kokusei.go.jp/online/html/top_vi.html 
(पोर्चुगाली)
https://www.e-kokusei.go.jp/online/html/top_pt.html 
(स्पेनिस)
https://www.e-kokusei.go.jp/online/html/top_es.html 

तपाइहरुको जवाफ चाँही, सूचना संकलनको प्रयोजनका लागि मात्र प्रयोग गरिने छ ।
अक्टोबर 8 तारिख भित्रमा जवाफ लेखेर पठाउनु होला ।

यदि तपाईलाई जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला।
फोन:022-224-1919
(बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )