ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई शहर मातहत मिनामी-कोइजुमी निम्न माध्यामिक बिधालयको रात्रीकालिन कक्षा, २०२५ मा प्रथम बर्षको को नयाँ भर्ना हुन चाहाने बिधार्थीहरु (अक्टोबर महिनामा नयाँ भर्ना) को लागि आबेदन र नयाँ प्रबेश सँग सम्बन्धित कुराहरुको बारेमा व्याख्या कार्यक्रम (सेन्दाई शहर शिक्षा बिकास बोर्ड बाटको सूचना)(仙台市立南小泉中学校 夜間学級)

यो रात्रीकालिन कक्षामा चाँही……. विभिन्न कारणले गर्दा अनिवार्य शिक्षा पूरा गर्न नसकेका व्यक्तिहरु वा बिधालय जाँ मन नलागेको कारण बिचैमा विद्यालय छोडेका व्यक्तिहरु, साथै, आफ्नो देशमा अनिवार्य शिक्षा पूरा नगरेका विदेशी नागरिकका बालबालिकाहरु, जसलाई 「पुन: अध्ययन गर्न इच्छा」 छ उनीहरुको लागि लक्षित गरि संचालन गरिएको बिधालय हो। यस सेन्दाई शहर मातहत मिनामी-कोइजुमी निम्न माध्यामिक बिधालयमा रात्रीकालिन कक्षाहरु छन।

रात्रीकालिन निम्न माध्यामिक बिधालय (रात्रीकालिन कक्षाहरु) भने यस्तो हुन्छ।
●दिवाकालीन अन्य बिधालयमा जस्तै विषयका पाठ्यपुस्तकहरु यहाँ अध्ययन गरिन्छ।
●सबै बिषयको पाठ्यपुस्तकहरु पूरा गरेपछि, निम्न माध्यामिक बिधालय बाट ग्राजुएसन गर्नसकिन्छ।
●निम्न माध्यामिक बिधालयको शिक्षण इजाजतपत्र प्राप्त गरेका शिक्षकहरूद्वारा पढाइनेछ।
●कुनै शिक्षण शुल्क लाग्दैन। पाठ्यपुस्तकहरू नि:शुल्क उपलब्ध गराइन्छ।
●कक्षा संचालन चाँही, सोमबार देखि शुक्रबार साँझ ५:३० बजेदेखि बेलुका ९:०० बजेसम्म हुन्छ।
●प्रत्येक पिरियड ४० मिनेट को हुन्छ, एकदिनमा चार पिरियड को कक्षाहरू हुन्छन,हप्तामा २० पिरियडको कक्षाहरू संचालन गरिन्छ।
●यदि तपाईं काम गर्दै हुनुहुन्छ भने पनि नयाँ भर्ना हुन सक्नुहुन्छ।

【रात्रिकालिन कक्षा प्रथम वर्षकाको बिधार्थी (कक्षा ७) नयाँ भर्ना हुन चाहानेहरुको लागि (अक्टोबर महिनामा नयाँ भर्ना) 】
 हाल चाँही एक कक्षाको लागि मात्रै विद्यार्थीहरू खोजिरहेका छौं। नयाँ भर्नाको लागि केही सर्तहरू छन।

नयाँ भर्नाको सर्तहरू: ① देखि ③ अन्तर्गत पर्ने मियागी प्रान्त भित्रमा बस्ने मानिसहरूमा लागू हुन्छ।
① अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर नागेका व्यक्तिहरू
② विभिन्न कारणले गर्दा बिधालयमा अनुपस्थिति भै, पर्याप्त शिक्षा प्राप्त नगरी निम्नमाध्यमिक बिधालयबाट ग्राजुएसन गरेका व्यक्तिहरू।
③आफ्नो देश वा जापानबाट अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर पर गरेका विदेशी नागरिक बालबालिका।
※हाल निम्नमाध्यमिक बिधालयका विद्यार्थीहरू भर्ना लिने छैन।
भर्ना लिने चाहेको बिधार्थी संख्या: एक कक्षा लागि मात्रै विद्यार्थी
भर्नाको लागि आवेदन अवधि: २०२५ सेप्टेम्बर १ तारिक (सोम) देखि सेप्टेम्बर १९ तारिक (शुक्र) ※आवेदन भने सेप्टेम्बर १९ तारिक (शुक्र) सम्ममा पठाई सक्नु पर्छ।
आवेदन पत्र प्रक्रिया: आवेदन फारम डाउनलोड गर्ने र बुझाउपर्ने कागजातहरूको बारेमा थप जानकारीको चाहिएमा सेन्दाई शहरको वेबसाइटबाट हेर्नुहोला।
यदि तपाईंलाई जापानी भाषा आउदै भने, कृपया सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको (टेलिफोन: ०२२-२२४-१९१९) मा सम्पर्क गर्नुहोस। यहाँ बहुभाषाको सहयता उपलब्ध हुनेछ।
छनोट विधि: नयाँ भर्ना आवेदन पत्र र व्यक्तिगत अन्तर्वार्ताको आधारमा विस्तृत निर्णय गर्नेछौं।
सम्पर्क स्थान: सेन्दाई शहर शिक्षा बिकास बोर्ड, शिक्षा मार्गदर्शन विभाग, रात्रिकालिन निम्नमाध्यमिक विद्यालय प्रतिनिधि, टेलिफोन: ०२२-२१४-८८७५

 

【रात्रिकालिन कक्षामा प्रथम वर्षका विद्यार्थी (अक्टोबरमा नयाँ भर्ना हुन) को लागि व्याख्या कार्यक्रमको बारेमा】
 यस व्याख्या कर्यक्रममा सहभागी हुन चाहिँ आबेदन भर्न आवश्यक पर्छ।
 यदि तपाईं सहभागी हुन चाहनुहुन्छ भने, SenTIA (टेलिफोन: ०२२-२६८-६२६०) ले तपाईंलाई सहयोग गर्छ।
 यदि तपाईंलाई जापानी भाषा आउदैन भने, कृपया सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (टेलिफोन: ०२२-२२४-१९१९) मा सम्पर्क गर्नुहोस। यहाँ बहुभाषाको सहयता उपलब्ध हुनेछ।

व्याख्या कार्यक्रम हुने मिति र समय:
※व्याख्या कार्यक्रम समाप्त भएपछि, व्यक्तिगत परामर्श गरिनेछ।
पहिलो पटक : २०२५ अगस्ट ३० तारिक (शनि), दिउँसो २:०० बजेदेखि २:४५ बजे सम्म (रिसेप्सन: दिउँसो १:३० बजेदेखि सुरु)
दोस्रो पटक: २०२५ सेप्टेम्बर ९ तारिक (मंगल) साँझ ६:३० बजेदेखि ७:१५ बजे सम्म (रिसेप्सन: साँझ ५:०० बजेदेखि सुरु)
※दोस्रो पटकको व्याख्या कार्यक्रम सुरुहुनु अघि अध्ययन गर्ने कक्षाहरू पनि अवलोकन गर्न सक्नुहुन्छ। (साँझ ५:४० बजेदेखि ६:२० बजे सम्म)
स्थान: सेन्दाई शहर मातहत मिनामी निम्नमाध्यमिक बिधालय(रात्रिकालिन कक्षाहरु)
ठेगाना: ठेगाना: सेन्दाई शहर वाकाबायाशी वार्ड इप्पोन सुगी माची २-१
※ सेन्दाई शहर सबवे तोजाई लाइनको याकुशिदो स्टेशनबाट १० मिनेट पैदल
※ बिधालय हातामा पार्किङ स्थल छैन। कृपया त्यस दिन सार्वजनिक यातायात को प्रयोग गर्नुहोस।
यदि तपाईं आफ्नो गाडीमा आउनु हुन्छ भने, नजिकैको सशुल्क पार्किङ स्थलमा पार्क गर्नुहोस।
लक्षित बर्ग: २०२५ अक्टोबर देखि प्रथम वर्षको लागि भर्ना हुन चाहने वा रुचि भएका व्यक्तिहरू
व्याख्या कार्यक्रमको लागि आवेदन अवधि: पहिलो पटकको व्याख्या कार्यक्रमको लागि आवेदन दिने अन्तिम म्याद: २०२५ अगस्ट २७ तारिक (बुध)
दोस्रो पटकको व्याख्या कार्यक्रमको लागि आवेदन दिने अन्तिम म्याद: २०२५ सेप्टेम्बर ५ तारिक (शुक्र)
आवेदन दिने तरिका र सम्पर्क स्थान: फोन वा अनलाइन मार्फत आवेदन फारम भर्नुहोस।
सेन्दाई शहर शिक्षा बिकास बोर्ड, शैक्षिक मार्गदर्शन विभाग, रात्रिकालिन विद्यालय प्रतिनिधि, टेलिफोन: ०२२-२१४-८८७५
सेन्दाई अनलाइन आवेदन सेवा
https://logoform.jp/form/3PrJ/853542