ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

■ जापानी संस्कृति अनुभव कार्यशाला「सेन्दाई चुचुमी (माटोको गुडिया) मा रंग लगाउने कार्यशाला」(SenTIA बाट अनुदानित परियोजना) (仙台堤人形絵付け体験会)

सेन्दाई अन्तर्राष्ट्रिय आदानप्रदान क्लबले जापानको「सेन्दाई चुचुमी (माटोको गुडिया) चित्रकला」बनाउने अभ्यास कार्यशाला आयोजना गर्दैछ।

सेन्दाई अन्तर्राष्ट्रिय आदानप्रदान क्लबको उद्देश्य भने, बिभिन्न देशका फरक सँस्कृति आदानप्रदान गर्नुको साथै, विदेशको सँस्कृति अनुभव गरि, देश वा फरक फरक जातका मानिसहरुले एकअर्कालाई सम्मान र प्रोत्साहित गर्नु हो।

यस पटक यो चाँही, सेन्दाईमा लामो समयदेखि चलिआएको परम्परागत माटोको गुडियामा रंग लगाउने अभ्यास गर्ने कार्यशाला हो।
सेन्दाई चुचुमी (माटोको गुडिया) भनेको सेन्दाईको परम्परागत माटो बाट बनाएको हुन्छ। यो लगभग ३०० वर्ष पहिले क्योटो को प्रविधिबाट उत्पति भएको थियो।
यो सेन्दाई चुचुमी (माटोको गुडिया) एदो (प्राचीनकाल) कालमा लोकप्रिय「उकियो-ई」शैलीलाई मूर्त रूप दिने कलाकृतिमा विकसित भएको थियो।

जो कोहीले पनि भाग लिन सक्नुहुने (विदेशी नागरिक, स्कूल जाने उमेरका बालबालिकाहरूलाई पनि स्वागत छ) हुनेछ।

◆मिति र समय:२०२५ अगष्ट २४ तारिक(आईत)दिउँसो साढे १ बजे देखि साढे ३ बजे सम्म
◆स्थान : मियागी एनपीओ प्लाजा
(सेन्दाई सिटि मियागिनो वार्ड चुचुजीगाओका ५)
◆सहभागिता शुल्क :१००० येन
◆क्षमता : १२ जना (पहिले फारम भर्ने प्रथामिकताको आधारमा)
◆आवेदन गर्नको लागी : https://sendai.jcifc.com/bunka/
◆अन्तिम म्याद : २०२५ अगष्ट २२ तारिक (शुक्र)