ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सेन्दाई शहरको सूचना】 सर्वेक्षणको लागी बिदेशीनागरिकहरुलाई सोधिएको प्रश्नको जवाफ दिनुहोस (जुलाई ४ तारिक देखि अगष्ट ४ तारिक)

सेन्दाई शहरले 「जापानी र विदेशीनागरिक सबैजना मिलेर ढुक्कसँग बस्न सक्ने शहर बनाउन चाहन्छ」 भन्ने सोचाइ राखेको छ।
त्यस उद्देश्यका लागि, सर्वेक्षण प्रश्नावलीको माध्यमबाट, विदेशीनागरिकहरूको राय जान्न चाहान्छौ।
तपाईंहरुलाई के कुराले समस्या परेको छ वा के कुराको चिन्ता छ हामीलाई भन्नुहोस।
तपाईले सेन्दाई शहरलाई भन्न खोज्नु भएको कुरा भन्नुहोस?
यो सर्वेक्षण प्रश्नावली पत्र, सेन्दाई शहरमा बसोबास गर्ने १६ वर्ष भन्दा माथिका विदेशी नागरिकहरूलाई पठाईएको छ।

◆ जवाफ पठाउने अवधि (कहिले)
२०२५ जुलाई ४ तारिक (शुक्र) देखि अगस्ट ४ तारिक (सोम)

◆ जवाफ पठाउने तारिका (कसरी)
① तपाईंको घरमा एउटा खाम आउनेछ।

② खाम भित्र एक पन्ना कागज हुनेछ। त्यो पन्नामा भएको QR कोड स्क्यान गर्नुहोस।
③ आफ्नो स्मार्टफोन वा ट्याब्लेट प्रयोग गरेर प्रश्नहरूको जवाफ दिनुहोस
※प्रश्नहरू आठवटा भाषाहरूमा हेर्न सकिन्छ।

※तपाईंले सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा पनि प्रश्नावलीको जवाफ दिन सक्नुहुन्छ।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
सेन्दाई शहर आओबा कु कोकुबुन्च्यो ३-६-१ सेन्दाई पार्क बिल्डिंग को पहिलो तल्ला

◆सम्पर्क
सेन्दाई शहर विविधता प्रवर्द्धन विभाग
फोन: ०२२-२१४-८९१९ (सोमबार देखि शुक्रबार, बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजे, जापानी भाषामा मात्र)
※बिस्तृत जानकारीको लागी यहाँबाट (जापानी भाषामा)
https://www.city.sendai.jp/kikaku-suishin/foreignresidentsurver.html