ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 5 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (5 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—
1. आर्थिक वर्ष २०२४ को निवास कर छुट भएका परिवारकालाई दिइने आपतकालीन सहायता अनुदान रकम प्राप्त गर्नको लागि चाँडै आवेदन प्रक्रिया गरौं

2. उच्च माध्यमिक विद्यालय आदि अध्ययन गर्नको लागि ऋण सहायता प्रणालीको जानकारी

3. कर सम्बन्धि जानकारी
●अर्थिक वर्ष २०२५ को नगर तथा प्रान्तीय कर, कर तिरेको (कर छुट भएको) प्रमाणपत्र (आय प्रमाणपत्र) जारी गर्नेछौं
●के तपाईंले नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?

4. तेस्रो बच्चा पछिको बच्चालाई प्राथमिक विद्यालय भर्नाको लागि सहायता रकम प्रदान गर्नेछौं

5. राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानी सम्बन्धी कर समायोजन फारम पठाउनेछौं

6. एड्स, सिफिलिस परीक्षण

7. अवकाश पाएपछि राष्ट्रिय पेन्सनको लागि आवेदन दिन नबिर्सनुहोला

8. उद्योग ब्यबसाय परामर्श कार्यक्रम

9. नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै गरेका, एक भन्दा धेरै बच्चा भएको परिवारहरूको लागि) मे १६ तारिक (शुक्र) सम्म आवेदन बुझिने