ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागीताको लागी आबेदन खुल्ला】सेन्टिया अनलाइन जापानी भाषा(२०२५ मे १३ तारिक (मंगल) देखि जुलाई १५ तारिक (मंगल) सम्म)/SenTIAオンラインにほんご


सेन्टिया अनलाइन जापानी भाषा


जापानी भाषा पहिलोपटक अध्ययन गर्ने व्यक्तिहरुका लागी, सामान्यत सजिलो कुराकानी गर्न सक्षम भईनेछ
■समय:२०२५ मे १३ तारिक (मंगल) देखि जुलाई १५ तारिक (मंगल) सम्म
प्रत्येक हप्ताको मंगलबार बिहान १० बजे देखि १२ बजे सम्म
■संख्या: सबै गरेर १० पटकको कक्षा संचालन
■तरिका:
・पहिलोपटकको अध्ययनको लागी चाँही जोजेन्जी हिल्स को चौथो तला, पश्चिम पट्टिको सम्मेलन कक्ष (※) मा जम्मा हुनुपर्नेछ।
・दोस्रोपटक देखि ९ औं पटक भने अनलाइन (zoom) बाट कक्षा संचालन गरिनेछ।
・पहिलो र १०औँ पटकमा भने अमुनेसामुने भै पढाई हुनेछ, तर १०औँ पटकको पढाई हुने ठाउँको लागि भने पछि जानकारी गराउनेछौं।
※「जोजेन्जी हिल्स」 भएको ठाउँ
सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-३-१
नक्सा: https://maps.app.goo.gl/FYwJaT25dkoxSLjK8

■लक्षित:
・जापानी भाषा पहिलोपटक अध्ययन गर्ने व्यक्ति, फेरि एकपटक जापानी भाषा सुरुबाट अध्ययन गर्न चाहाने व्यक्ति
・१६ वर्ष भन्दा माथिका व्यक्तिहरू
・सकेसम्म, १० औं पटक सम्मको सबै भागमा सहभागी हुन सक्ने व्यक्तिहरू
■पाठ्यपुस्तक:मौलिक परिचयात्मक (न्यूनमोन तेकिस्तो) पाठ्यपुस्तक आदि प्रयोग गरिनेछ।
बिषय यस जापानी भाषाकक्षामा, सैदान्तिक रुपका जापानी भाषाको अध्ययन गर्दै, सेन्दाईको दैनिक जीवनयापन बारेको आवश्यक ज्ञान सिक्नेछौ। हिरागना, कताकाना, थोरै खान्जीहरु अध्ययन गर्छौ। क्रिया (verb) आदिको प्रयोगको बारेमा अध्ययन गरिनेछैन। सबै कक्षाहरु जापानी भाषामा मात्र सञ्चालन हुनेछ।
■सहभागि शुल्क:निशुल्क (0 येन)
■आबेदन:https://forms.gle/FybAgkQZFpVnK3UNA
      मे ११ तारिक (आईत) सम्ममा आबेदन फारम भरि पठाउनुहोस।
■सम्पर्क:(जनहित) सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA)
टेलिफोन : (०२२) २६८-६२६० / इमेल : a-chida@sentia-sendai.jp