ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि ट्राफिक सुरक्षा कक्षा + रिसाइकिलिंग गरिएको साइकल बिक्री(【参加者募集】留学生向け交通安全教室+リサイクル自転車販売会 4月20日(日)10:30~12:00)

Document

संकलन गरिएको पुरानो र फालिएको साइकलहरू मर्मत सम्भार गरि, सुरक्षा दर्ता र TS मार्क दुर्घटना हुँदा क्षतिपूर्ति (साइकलले अरुलाई हनेमा क्षतिपूर्ति बीमा 10 करोड येन) को लागिको स्टिकर टासी बिक्रिबितरण गरिनेछ ।

◆मिति र समय:2025 अप्रिल 20 तारिक (आइतबार) 10:30 देखि 12:00  (बुकिंग खुल्ने समय :10:15 देखि10:30)

◆स्थान तोहोकु विश्वविद्यालय कावाउचिकिता क्याम्पस सम्मेलन भवन B102

◆लिएर जानुपर्ने कुरा आफ्नो निवास कार्ड (जाइरियो कार्ड) लिएर जानुहोस।

◆2026 मार्च पछि पनि सेन्दाईमा बस्ने योजना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू (यो अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको बिक्रीबितरण कार्यक्रम हो।)

◆आवेदनको लागि तलको गुगल फारम प्रयोग गरी आवेदन दिनुहोस → https://forms.gle/gtSfLiAKK6PLexRQ8

※कृपया, त्यस दिन बिक्रिस्थलमा जान मिल्नेहरुले मात्र आवेदन गर्नुहोस।

◆आवेदन अवधि अप्रिल 7 तारिक (सोमबार)12:00 देखि अप्रिल 14 तारिक (सोमबार)12:00 सम्म

※पहिले आउनुभएको आधारमा 60 जना पुगेपछि दर्तालिने प्रक्रिया बन्दगरिनेछ।

◆बिक्री गरिने साइकल संख्या 30वटा (चिट्ठाको माध्यमबाट साइकल किन्ने व्यक्तिको निर्णय गरिनेछ)

◆बिक्री गर्ने मुल्य 5,000 येन

◆खरिद प्रक्रियाको लागि क्रमश ① गुगल फारम मार्फत आवेदन दिनुहोस (पहिले आउनुभएको आधारमा 60 जना, कार्यक्रम स्थलमा चिट्ठाको माध्यमबाट सहभागी हुन सक्नुहुन्छ।)

②र्कार्यक्रम स्थलमा चिट्ठाको माध्यमबाट (बिक्री गरिने साइकल संख्या 30 वटा। चिट्ठा द्वारा एउटा साइकल छनोट गर्न सक्नुहुन्छ।)

③चिठ्ठा पर्नेहरूले साइकल किन्न सक्नुहुन्छ, साइकलमा सुरक्षा दर्ता गरिएको छ

◆आयोजक :SENDAI अन्तर्राष्ट्रिय विधार्थी रिसाइकिलिंग साइकल व्यवसाय प्रवर्द्धन परिषद

◆सह-आयोजना: तोहोकु विश्वविद्यालय अन्तर्राष्ट्रिय सहयोग केन्द्र ◆सहयोग:सेन्दाई सिटि साइकल ट्राफिक सुरक्षा बिभाग

◆सम्पर्कको लागी :सार्वजनिक हितको फाउन्डेसन सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA)

TEL:022-268-6260

Email:r-okazaki@sentia-sendai.jp

URL:https://int.sentia-sendai.jp/n/