ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 3 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (3 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.बसाईसराई गाइड
●बसाईसर्दा निस्कने फोहोर
●बसाईसराई दर्ता, उपचार खर्चको अनुदान आदि जस्ता प्रक्रियाको लागीको काउन्टर
●सार्वजनिक सेवा शुल्क आदि
●प्राथमिक,निम्न माध्यमिक विद्यालय परिवर्तन र नयाँ भर्ना

2.बसाईसराईको सिजनको लागि वार्ड कार्यालयको काउन्टर आइतबारको दिन पनि खुल्ला गरि,सोमबार देखि शुक्रबार सम्म बेलुकाको ६ बजे सम्म लम्बाईएको छ।

3.नगर बस संचालनको सूचना

4.जीवन कल्याण,अनुदान प्राप्त परिवारहरूको लागि खानेपानी र ढल उपयोग शुल्क छुटको लागि आवेदनहरू स्वीकार गरिने।

5.नयाँ कोरोना भाइरस को निःशुल्क खोप लगाउन मार्च ३१ तारिख (आइतबार) मा समाप्त हुनेछ।

6.नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला – मार्च १६ तारिख सम्म आवेदन बुझिने-

7.जापानिज भाषा कक्षाको जानकारी