ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【मार्च 26 तारिक देखि मार्च 29 तारिक】बिदेशीनागरिकका लागी सहायता डेस्क @ आओबा वडाकार्यालय को 9 औं तल्ला (外国人住民ヘルプデスク)

मार्च 26 तारिक (मंगल) देखि मार्च 29 तारिक (शुक्र) सम्म आओबा वडाकार्यालय को 9 औं तल्ला
मा बिदेशीनागरिकका लागी सहायता डेस्क खुला खोलिनेछ! सेन्दाईको दैनिक जिबनयापनको बारेमा निःशुल्क परामर्श गर्न सक्नुहुन्छ।

मिति : 2024 मार्च 26 तारिक (मंगल) देखि मार्च 29 तारिक (शुक्र)
समय : बिहान 9 बजे देखि बेलुकी 4 बजे सम्म
स्थान : आओबा वडाकार्यालय को 9 औं तल्ला, सम्मेलन भवन 1 र 2
लक्षित : भर्खर सेन्दाईमा आउनुभएको व्यक्तिहरु

उदाहरणको लागी : तपाईंले परामर्श गर्न सक्नुहुने कुराहरु
●मैले आफ्नो बालबच्चा जापानमा ल्याउन लागेको छु। उनीहरुलाई विद्यालयमा भर्ना गर्नको लागी के कस्तो प्रावधानहरु छनहोला?
● म जापानीज भाषा अध्ययन गर्न चाहन्छु। जापानी भाषा कक्षाहरू कहाँ कहाँ छनहोला?
● सेन्दाईमा मलाई फोहोर फ्याक्ने तरिकाको बारेमा थाहा छैन।
● प्रकृतिक बिपतको लागी, तयारी गरिराख्न के के गर्नुपर्छ होला?

परामर्श लिन आउनुहुने व्यक्तिहरु 100 जनालाई दैनिक जीवनयापनमा उपयोगी हुने उपहार प्रदान गर्नेछौ!



सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा, हरेक दिन, निशुल्क, सेन्दाईको दैनिकजिबनयापनको बारेमा परामर्श गर्न सकिन्छ।
यदि तपाईंहरुलाई कुनै समस्या परेमा, हामीलाई सम्पर्क गर्नुहोस!
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र https://int.sentia-sendai.jp/n/exchange/