ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

युक्रेनी सँस्कृति परिक्षण कार्यक्रम (SentIA को सहयोगमा आयोजित कार्यक्रम)(ウクライナ文化体験会)

सेन्दाई अन्तर्राष्ट्रिय आदानप्रदान क्लबमा, युक्रेनको「इस्टर अण्डा बनाउने」प्रशिक्षण कार्यशालाको आयोजना गरिनेछ।
हाम्रो यस सेन्दाई अन्तर्राष्ट्रिय आदानप्रदान क्लबले फरकफरक सँस्कृति आदानप्रदान कार्यक्रममा, बिदेशी सँस्कृतिहरुको अनुभब गर्नुका साथै, बिभिन्न देश र जातजाति फरकफरक सँस्कृति भएका मानिसहरु बिच एकआपसमा सम्मान र प्रोत्साहन गर्ने उद्देश्य पनि राख्छ।
यसपटकको यो युक्रेनको「इस्टर अण्डा बनाउने」प्रशिक्षण कार्यशाला हो।
इस्टर अण्डा चाँही, पुनरुत्थान चाँडपर्व मनाउन सजावटको लागी बनाईएको कुखुराको अण्डा हो।
युरोप भित्रको विभिन्न शहरहरुमा मनाइने सँस्कृति हो। यो हरेक घरमा बनाइएको हुन्छ।
टेप, रबर ब्यान्ड, स्टिकर, आदि प्रयोग गरी आफुलाई मनलागेको चित्र कोरेर बनाउन सकिन्छ।
त्यस दिन, युक्रेनी अन्तर्राष्ट्रिय विद्यार्थी गाल्याले सिकाउने छन।
जो कोही पनि सहभागी हुन सक्नुहुन्छ (विदेशीहरु, विद्यालय जाने उमेर समूहका व्यक्तिहरु सबैलाई स्वागत छ)।
अवश्य सामेल हुनुहोला!

◆ मिति र समय :२०२४ मार्च ३ तारिक (आईतबार) दिउँसो साढे १ बजेदेखि ३ बजे सम्म
◆ स्थान:बहुसाँस्कृतिक समाज केन्द्र प्रशिक्षण कक्ष B
(आओबा कु आओबायामा मुबान्नची सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवनको पहिलो तल्ला)
◆प्रशिक्षक:गाल्या जि (युक्रेनी, अन्तर्राष्ट्रिय विद्यार्थी)
◆सहभागिता शुल्क:३०० येन
◆आवेदनको लागी:अन्तर्राष्ट्रिय आदानप्रदान क्लब sendai@jcifc.com (सातो)
◆अन्तिम म्याद:२०२४ मार्च १ तारिक (शुक्रबार)