ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 12 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (12 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.बिधालयमा लाग्ने बिभिन्न खर्चको लागि आर्थिक सहायोग (नयाँ भर्ना र शैक्षिक सामाग्री खर्च) प्राथमिक विद्यालयमा प्रवेश गर्नु अघि भुक्तानी प्रदान गरिनेछ।
2.२०२४ मा सेन्दाई सिटिको २०बर्ष उमेरका व्यक्तिहरुको जमघट (हाताचि नो चुदोई) जनवरी ७ तारिक,(आइतवार) को दिन आयोजना गरिनेछ।
3.एड्स, सिफिलिस, यौनरोग परीक्षण
4.राष्ट्रिय स्वास्थ्य बीमा रकम, वृद्धवृद्धा स्वास्थ्य बीमा रकमको भुक्तानी गर्ने तरिका परिवर्तन गर्न सकिन्छ।
5.नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना
6.वर्षको अन्त्य र नयाँ वर्षको सुरुको दिनमा गरिने नगरको कामकाज
7.नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला डिसेम्बर १६ तारिक सम्म आवेदन बुझिने