ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

अक्टोबर महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/10月の専門相談会のお知らせ

● अक्टोबर ७ तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं।
भिसा, बसाइ अनुमतिको अवस्था, प्रशासनिक प्रक्रियाको बारेमा मियागी प्रान्तको प्रशासनिक संस्थाको प्रशासनिक लेखनदास सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ अक्टोबर ७ तारिख (शनिबार) १:०० बजे देखि ४:०० बजे
Administrative-Scriveners.pdf

● अक्टोबर २० तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं।
घरायसी समस्या (सम्बन्धविच्छेद, हिरासत, उत्तराधिकार आदि) ऋण सम्बन्धि समस्या (घरै ठाउँको ऋण आदि), घर भाडामा लिनेदिने, सवारी दुर्घटना, सम्झौता मुद्दा, आदि कानूनी मामिलाहरूको बारेमा सेन्दाई बार एसोसिएसनको वकिलसँग परामर्श गर्न सक्नुहुन्छ।
【समय】२०२३ अक्टोबर २० तारिक (शुक्रबार) १:०० बजे देखि ४:०० बजे
Lawyers.pdf

● अक्टोबर २७ तारिक अध्यागमन तथा आप्रवासन ब्युरो (इमिग्रेशन) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं।
अध्यागमन तथा बसोबास प्रक्रिया, भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ अक्टोबर २७ तारिक (शुक्रबार) १:०० बजे देखि ४:०० बजे
Immigration-Bureau.pdf

※परामर्शको लागि शुल्क लाग्दैन। सल्लाह लिन सक्ने समय चाहिं एक जनाको लागि 30 मिनेट सम्म हुन्छ|
※परामर्श गर्न चाहनुहुने व्यक्तिले, निवेदन गर्ने बेलामा निम्नलिखित कुराहरु भन्नुहोस।

– तपाईँको नाम, सम्पर्क ठेगाना (फोन नम्बर / ईमेल आइडी)
– तपाईँको बसाई अनुमतिको आवस्था
– तपाईँलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?

<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोस >>
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र / सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवनको १ तल्ला
टेलिफोन:022-224-1919、022-265-2471/इमेल:tabunka@sentia-sendai.jp