ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

चाइनिज कलासाँस्कृतिको अनुभव लिने कार्यक्रम (कागज काटेर चाइनिज पाण्डा बनाई अनुभव लिने कार्यक्रम) (SenTIA को अनुदान सहयोगमा आयोजित कार्यक्रम)(中国パンダ切り絵体験会)

सेन्दाई अन्तर्राष्ट्रिय साँस्कृति आदानप्रदान क्लबमा, चाइनिज कलासाँस्कृतिको अनुभव लिने कार्यक्रम को रुपमा अमूर्त सांस्कृतिक सम्पदा「कागज काटेर बनाउने चाइनिज कला (किरि ए)」को अनुभव लिनलाई कार्यक्रमको आयोजना गर्नेछौ। यस पटक भने, हामी चीनको राष्ट्रिय सम्पतिको रुपमा रहेको「पाण्डा」कागज काटेर बनाउनेछौं।
कागज काटेर बनाउने चाइनिज कला (किरि ए) को उत्पति चाँही, रुखको बोक्रा वा रेशम आदि बाट बनाइने शिल्पकलाको रुपमा भन्ने गरिन्छ। अहिले भन्दा २००० वर्ष पहिले, चीनमा कागजको आविष्कार भएदेखि, कागज काटेर बनाइने कलाको जन्म भएको थियो। त्यस समयमा, साधारण अक्षर र ढाँचाहरूबाट सुरु भयो तर, तोनो राजवंश (६१८ देखि ९०७ साल) को समयकालमा कलाको विकसित भै, जनावर र फूलहरू र प्यागोडा शैली जस्ता जटिल प्रकारका चित्रात्मक ढाँचाहरू पनि सुरुहुन थाले।

यस कार्यशालाको मुख्य उद्देश्य, विदेशी परम्परागत साँस्कृतिको अनुभव गराउनुका साथै, एकअर्काको फरक साँस्कृतिलाई बुझ्न र सबैको साँस्कृतिलाई सम्मान गर्ने उद्देश्यले गरिएको हो।
जो कोही पनि सहभागी हुन सक्नुहुनेछ (जुनकुनै राष्ट्रियता भएपनि हुने, बिधालयका बालबालिकाहरु लाई पनि स्वागत) छ।
अवश्य, सहभागिताको लागि आवेदन दिनुहोस।
◆मिति र समय:२०२३ सेप्टेम्बर १८ तारिक(सोमबार)२:०० देखि ४:३०
(५ वटा कक्षको स्थापना गरिएको छ। प्रत्येक कक्षमा ६ जना व्यक्ति हुनेछ र ३० मिनेटको समय हुनेछ।)
①२:०० बजेदेखि, ②२:३० बजेदेखि, ③३:०० बजेदेखि, ④३:३० बजेदेखि, ⑤४:०० बजेदेखि
◆स्थान :सेन्दाई सिटी सिल्भर सेन्टरको ६ तल्ला दोस्रो प्रशिक्षण कोठा  (आओबा-कू खाक्योइन, १-३-२)
◆सहभागिता शुल्क : निःशुल्क
◆ आवेदनको लागी : सेन्दाई अन्तर्राष्ट्रिय साँस्कृति आदानप्रदान क्लब sentai@jcifc.com (सातो)
भाग लिन चाहाने व्यक्तिले आफुलाई उपयुक्त हुने समयको जानकारी हामीलाई गराउनुहोस।
◆ अन्तिम म्याद : २०२३ सेप्टेम्बर १६ तारिक (शनिबार)