ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

अन्तर्राष्ट्रिय विधार्थीहरूको लागि रिसाइकल साइकल बिक्री कार्यक्रम(留学生のためのリサイクル自転車販売会)

अन्तर्राष्ट्रिय विधार्थीहरुलाई सहयोग गर्नको लागी, पुरानो साइकललाई राम्रोसँग मर्मत गरि, सुरक्षा दर्ता र TS मार्क क्षतिपूर्ति (साइकलले अरुलाई हनेमा क्षतिपूर्ति दिने 10 करोड येन) बिमाको दर्ता प्रक्रिया पुरा गरिएको साइकल बेचिनेछ ।

◆मिति र समय:2023 अप्रिल 23 तारिक (आइतबार) 10:30 देखि 12:00(बुकिंग खुल्ने समय :10:15 देखि10:30)
◆स्थान सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
◆लिएर जानुपर्ने कुरा आफ्नो निवास कार्ड (जाइरियो कार्ड) लिएर जानुहोस।
◆लक्षित 2024 मार्च पछि पनि सेन्दाईमा बस्ने योजना भएका अन्तर्राष्ट्रिय (यो अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको बिक्रीबितरण कार्यक्रम हो।)
◆आवेदनको लागि तलको गुगल फारम प्रयोग गरी आवेदन दिनुहोस → https://forms.gle/g6PCnevzcnSuA7Ca6 
※कृपया, त्यस दिन बिक्रिस्थलमा जान मिल्नेहरुले मात्र आवेदन गर्नुहोस।
◆आवेदन अवधि अप्रिल 10 तारिक (सोमबार)12:00 देखि अप्रिल 17 तारिक (सोमबार)12:00 सम्म
※पहिले आउनुभएको आधारमा 60 जना पुगेपछि दर्तालिने प्रक्रिया रोकिनेछ।
◆बिक्री गरिने साइकल संख्या 40वटा (चिट्ठाको माध्यमबाट साइकल किन्ने व्यक्तिको निर्णय राखिनेछ)
◆बिक्री गर्ने मुल्य 5,000 येन
◆खरिद प्रक्रियाको लागि क्रमश ① गुगल फारम मार्फत आवेदन दिनुहोस (पहिले आउनुभएको आधारमा 60 जना, कार्यक्रम स्थलमा चिट्ठाको माध्यमबाट सहभागी हुन सक्नुहुन्छ।)
②र्कार्यक्रम स्थलमा चिट्ठाको माध्यमबाट (बिक्री गरिने साइकल संख्या 40 वटा। चिट्ठा द्वारा एउटा साइकल छनोट गर्न सक्नुहुन्छ।)
③चिठ्ठा पर्नेहरूले साइकल किन्न सक्नुहुन्छ, साइकलमा सुरक्षा दर्ता गरिएको छ
◆आयोजक :SENDAI अन्तर्राष्ट्रिय विधार्थी रिसाइकिलिंग साइकल व्यवसाय प्रवर्द्धन परिषद
◆सहयोग:सेन्दाई सिटि साइकल ट्राफिक सुरक्षा बिभाग
◆सम्पर्कको लागी :सार्वजनिक हितको फाउन्डेसन सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA)
TEL:022-268-6260
Email:t-igarashi@sentia-sendai.jp
URL:https://int.sentia-sendai.jp/n/

Tiếng Việt(ベトナム語) / नेपाली भाषा(ネパール語)