ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागिताको लागि आव्हान】 सेन्दाई विपद् रोकथाम भविष्य फोरम「बिदेशी नागरिक र स्थानीय नागरिकले एकैसाथ सोचौ, बहुसांस्कृतिक समाजको युगमा स्थानीय विपद् रोकथाम」मार्च 4 तारिक (शनि) 14:00~15:30(仙台防災未来フォーラム2023)

सेन्दाई सिटिमा हालका वर्षहरूमा, विदेशी नागरिकहरूको संख्या बढ्दै गइरहेको छ । साथै, टाइफुन जस्ता प्राकृतिक प्रकोपहरू पनि बारम्बार आइरहन्छन् । सबैजना सुरक्षित र निर्धक्क सँग बस्नको लागि, जापानीज र विदेशीनागरिकहरुले एकैसाथ स्थानीय विपद् रोकथामको बारेमा सोच्ने र प्रकोपहरू आउनुभन्दा अगाडि पुर्बतयारी गर्नुको लागि महत्त्वपूर्ण हुन्छ । बहुसांस्कृतिक समाजको युगमा स्थानीय विपद् रोकथामको बारेमा, सँगै सोचौं ।

◆समय:मार्च 4 तारिक(शनि)14:00~15:30
◆स्थान:सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र प्रदर्शनी भवन सम्मेलन कक्ष 3-B
◆लक्ष्य:बहुसांस्कृतिक समाजमा रुचि राख्ने जो कोही पनि सहभागी हुन सक्नुहुन्छ
◆शीर्षक:सेन्दाई सिटिमा भएका विदेशीनागरिकहरूको स्थिति
सेन्दाई सिटि, SenTIA बहुसांस्कृतिक विपद् रोकथामको लागिको प्रयास
बहुसांस्कृतिक विपद् रोकथाम कार्यशाला NICE!
※बहुसांस्कृतिक विपद् रोकथाम कार्यशाला NICE ! को बारेमा
कार्ड गेमहरूको माध्यमबाट विदेशीनागरिक र जापानीजहरूको माझमा अन्तरक्रिया गरिनेछ, किनभने यो प्राकृतिक प्रकोपहरू आउँदा तयारी र पुष्टि गर्नुपर्ने उपकरण पनि हो । यसले गर्दा विपद् रोकथामको सम्बन्धमा आफ्नो ज्ञान र सोच्ने तरिकामा भिन्नता देखि सजक रहन सक्नुहुन्छ ।

◆क्षमता:पहिले आइपुग्ने मध्येबाट 30 जना
◆ सहभागिता शुल्क: नि:शुल्क
◆ आवेदन: तलको गुगल फारमबाट आवेदन दिनुहोस ।
    https://forms.gle/s1QpxmhRpxJd7XQX6 
◆ आवेदनको लागि अन्तिम म्याद : फेब्रुअरी 26 तारिक (आइत)
◆ सम्पर्कको लागि : सार्वजनिक हितको फाउन्डेसन सेन्दाई अन्तर्राष्ट्रिय पर्यटन संघ (SenTIA)
अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग (अधाकारिक व्यक्ति : इगराशी)
टेलीफोन :022-268-6260(9:00~17:30)
इमेल:t-igarashi@sentia-sendai.jp
होमपेज:https://int.sentia-sendai.jp/n/

◆सेन्दाई विपद् रोकथाम भविष्य फोरम・・・सेन्दाई सिटि द्वारा आयोजित यो कार्यक्रम चाँही, पुर्वी जापानको महाभूकम्प बाट सिकेका अनुभव र पाठहरूलाई भविष्यको विपत्ति रोकथाममा जोड्ने लक्ष्य राखि, समय अगाडी देखि बाटनै कार्य गतिबिधिहरु बढ्न र स्थानीय नागरिकहरूसँग विपत्ति रोकथामको बारेमा जान्नको लागिको ठाउँ हो । (सार्बजनिक हित) सेन्दाई अन्तर्राष्ट्रिय पर्यटक एसोसिएसन (SenTIA)ले माथिको सत्र (14:00~15:30)मा कार्यक्रम आयोजना गर्नेछ ।