ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

फेब्रुअरी महिनाको विशेषज्ञिय परामर्श बारे सूचना/2月の専門相談会のお知らせ

●फेब्रुअरी ४ तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श
भिजा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासनिक लेखनदास संघ सँग परामर्श लिन सकिने छ ।
【समय】२०२३ फेब्रुअरी ४ तारिक(शनिबार)१३:००-१६:००
Administrative-Scriveners.pdf

● फेब्रुअरी १० तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श
घरेलु समस्या (सम्बन्ध बिछेद,अभिभावकिय अधिकार, उत्तराधिकार आदि ), ऋण समस्या ( धेरै ठाउँमा ऋण भएको आदि ) घरभाडा सम्बन्धि समस्या, सडक दुर्घटना, सम्झौता सम्बन्धि समस्या आदिको बारेमा सेन्दाई वकिल संघ संग कानुनि परामर्श लिन सकिने छ ।
【समय】२०२३ फेब्रुअरी १० तारिक (शुक्रबार) १३:००-१६:००
Lawyers.pdf

● फेब्रुअरी २४ तारिक अध्यागमन तथा आप्रवासन बिभाग (इमिग्रेशन) द्वारा विशेषज्ञीय परामर्श
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्वन्धि सरसल्लाहको लागि सेन्दाई अध्यागमन तथा आप्रवासन बिभाग सँग परामर्श लिन सकिने छ ।
【समय】२०२३ फेब्रुअरी २४ तारिक (शुक्रबार) १३:००-१६:००
Immigration-Bureau.pdf

※परामर्शको लागि पैसा लाग्दैन । निशुल्क हुनेछ ।
एक्लो कोठामा ढुक्कसँग परामर्श लिन सक्नुहुन्छ ।
तपाइको गोपनीयता कायम राखिनेछ ।
सल्लाह लिन सक्ने समय चाहिं एक जना को लागि 30 मिनेट सम्म हुन्छ ।
※परामर्श गर्न चाहनुहुने व्यक्तिहरुले आवेदन दिंदा निम्नलिखित कुराहरु बुझाउनु होला ।
– तपाईको नाम, सम्पर्क (फोन नम्बर / इमेल)
– तपाईको बसाइ अनुमतिको आवस्था
– तपाईले परामर्श गर्न चाहनुभएको कुराको बारेमा (समस्याको बारेमा)
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?

<<विशेषज्ञीय परामर्श आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला>>
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
टेलिफोन:०२२-२२४-१९१९、०२२-२६५-२४७१/इमेल:tabunka@sentia-sendai.jp