ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

कोकेसी शिल्पकलाको अनुभव (जापानिज ट्रेडिशनल काठबाट बनाउने पुतली) (SentIA को सहयोग बाट आयोजीत कार्यक्रम)(こけし絵付け体験会)

सेन्दाई अन्तर्राष्ट्रिय साँस्कृति आदानप्रदान क्लबमा, मियागी को परम्परागत शिल्पकला「कोकेसी」बनाउने कार्यशालाको आयोजना गर्ने भएको छ। प्रशिक्षक भने, सेन्दाई अकिउ परम्परागत शिल्पकला छेत्रका शिल्पकार अगाचुमा सातोशी हो ।
कोकेसी भनेको, जापानको एदो जिदाईको अन्त्यमा तोहोकु अंचलको ओनसेन क्षेत्र (तातोपानीमा बाथ लिने) बाट सुरुवात भएको काठको पुतली हो भने, मूलत बच्चाहरूको लागि खेलौनाको रूपमा प्रख्यात भएको थियो ।
यस कार्यशालाको मुख्य उद्देश्य भनेको, काठको पुतली बनाउदाको आनन्द लिनु हो । साथै, सयौं वर्षको इतिहास बोकेको कोकेसी काठको पुतलीलाई छोएर जापानीज संस्कृतिको सुन्दरताको बारेमा बुझाउन चाहन्छौं । हामी तपाईंहरुको आवेदनको प्रतिक्षामा छौं ।

◆मिति र समय:2023 फेब्रुअरी 19 तारिक(आईतबार)13:30~15:00
◆स्थान :सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको प्रशिक्षण कक्ष A
◆लक्षित बर्ग: जो कोहीले पनि सहभागी हुन सक्नुहुन्छ (विदेशी नागरिक,बिधालयका बालबालिकाहरु सबैलाई स्वागत छ)
◆सहभागिता शुल्क : 700 येन
◆सहभागीता क्षमता : 12 जाना
◆आवेदनको लागी अन्तिम म्याद :2023 फेब्रुअरी 17 तारिक(शुक्रबार)
◆सम्पर्क ठेगाना : सेन्दाई अन्तर्राष्ट्रिय साँस्कृति आदानप्रदान क्लब (सातो, योना) इ-मेल : sendai@jcifc.com