ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई शहरले दिने बिजुली, ग्यास र खानेकुरा आदिको बढिरहेको मूल्यहरूबारे आकस्मिक सहायता भत्ताबारे सूचना /仙台市からの「電力・ガス・食料品等価格高騰緊急支援給付金」についてのお知らせ

यो बिजुली, ग्यास र खानेकुरा आदिको बढिरहेको मूल्यको कारण आर्थिक रूपमा ठूलो असर पुगेको बसोबास कर छुट पाएका घरहरूलाई दिइने भत्ता हो।

● कति पैसा पाइन्छ ?
प्रतिघर 50,000 येन

● कसले भत्ता पाउन सक्छ ?
2022 साल सेप्टेम्बर 30 तारिखमा सेन्दाई सहरमा बसोबास दर्ता भएको र निम्न ① वा ② को मापदण्ड पूरा गरेको घरहरू योग्य छन्।

①2022 आर्थिक वर्षको बसोबास कर छुट पाएका घरहरू
भएको अनि घरका सबै सदस्यलाई 2022 आर्थिक वर्षको बसोबास करमध्ये बराबर कर छुट पाएका घरहरू(सबैलाई लागू नहुन सक्छ।) ※सामाजिक सहयोग प्राप्त गरिरहेको घरसमेत

②पारिवारिक बजेट अचानक परिवर्तन भएका घरहरू
2022 जनवरीदेखि डिसेम्बरसम्म अप्रत्याशित रूपमा आय घटेको र बसोबास कर छुट पाएका घरहरूको जस्तै आर्थिक अवस्था भएका घरहरू

※ ① र ② घरहरूमध्ये बसोबास कर तिर्नुपरेकाहरूका आश्रित व्यक्तिहरू मात्र भएको घरहरू भत्ताको लागि योग्य छैन। साथै कोही व्यक्ति कर सन्धिको कारण बसोबास करबाट छुट लिएकाहरू हुनुभएको खण्डमा उक्त व्यक्ति पेमेन्टको लागि योग्य छैन।

●भत्ता पाउन कसरी अनि कहिलेसम्ममा आवेदन दिनुपर्छ ?

①2022 आर्थिक वर्षको बसोबास कर छुट पाएको घरहरू
2022 साल नोभेम्बरदेखि पालैसँग सेन्दाई शहरबाट आवेदनको लागि आवश्यक कागजातहरू आउँछन्।
कागजातहरू पाएकाहरूमध्ये पेमेन्टको लागि योग्य हुनुभएको खण्डमा आवश्यक जानकारीहरू भरेर सेन्दाई शहरमा हुलाकद्वारा पठाउनुहोस्।
2022 जनवरी 2 मा वा त्यसपछि सेन्दाई शहरमा बसाइँ सर्नुभएको व्यक्तिहरूलाई एकनासले भत्ताको सूचनाको पोस्टकार्ड आइपुग्नेछ। पेमेन्टको लागि योग्य
हुनुभएको खण्डमा आवेदन फारामहरू मेल गरिनेछ, त्यसैले पोस्टकार्डमा लेखिएको नम्बरमा सम्पर्क गर्नुहोस्।

②पारिवारिक बजेट अचानक परिवर्तन भएका घरहरू  
प्रत्येक वडा कार्यालय र त्यसको शाखा कार्यालय अनि सेन्दाई बहुसाँस्कृतिक केन्द्र जस्ता ठाउँहरूमा आवेदन फाराम पाउनुहोस्।

तल दिइएको “बिजुली, ग्यास र खानेकुरा आदिको बढिरहेको मूल्यहरूबारे आकस्मिक सहायता भत्ताको लागि टेलिफोन” लाई कल गर्नुभयो भने तपाईंको घरमा हुलाकद्वारा आवेदन फाराम पठाइनेछ।

आवश्यक जानकारी आवेदन फाराममा भरेपछि फाराम सँगसँगै पठाइएको जवाफ दिने खाममा अरू आवश्यक कागजातहरूसँगै हालेर हुलाकद्वारा सेन्दाई शहरमा पठाउनुहोस्।

आवेदन दिने म्याद 2023 साल जनवरी 31 तारिख (मंगलबार) सम्म हो।

बिजुली, ग्यास र खानेकुरा आदिको बढिरहेको मूल्यहरूबारे आकस्मिक सहायता भत्ताको लागि टेलिफोन
0120-489-048

रिसेप्सनको समय
सोमबारदेखि शुक्रबारसम्म बिहान 8:30 देखि बेलुका 7:00सम्म
उपलब्ध भाषा
जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामिज, नेपाली जस्ता 22वटा भाषामा
https://www.city.sendai.jp/shakai-kanri/r4kinkyusienkyuuhukin_gaikokujin_ne.html