ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागीहरूको भर्ना अन्तर्गत】स्थायी वैदेशिक बासिन्दाहरूको रोजगार प्रबर्द्धनका लागि जापानीज भाषा कोर्स しごとの ための 日本語(2022 जुलाई 26 तारिक~2022 सेप्टेम्बर 15 तारिक)


厚生労働省 外国人就労・定着支援研修事業
SenTIA協力事業

यो चाँहि काम गर्न इच्छुक व्यक्तिहरुका लागिको, जापानिज भाषा कक्षा हो ।
काम गर्ने बेलामा प्रयोग हुने जापानिज भाषाको अध्ययन गरौं ।

【समय अवधि】
2022 जुलाई 26 तारिक(मंगल)~ 2022 सेप्टेम्बर 15 तारिक(बिहिबार)

【समय】
सोमबार ~शुक्रबार प्रत्येक दिन 9:30~12:30

【स्थान】
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
(सेन्दाई-सी, आवोबा-कु आवोबायामा, सेन्दाई इन्टरनेसनल सेन्टर सम्मेलन भवन 1F )

【बिषय बस्तु】
लेबल 1 कोर्स
यो कोर्स पहिलो पटक जापानी भाषा पढ्ने व्यक्तिको लागि हो, जसले थोरै मात्र जापानीज बोल्न सक्दछ तर हिरागाना र काताकाना राम्ररी पढ्न वा लेख्न सक्दैन ।
・कार्यस्थलमा हुने कुराहरु (कुराकानी,लेखपढ)
・व्यक्तित्व विकासको योजना र रोजगार खोजीका गतिविधिहरू ( रोजगार फारम,आवेदन कागजातहरू, अन्तर्वार्ता )
・कार्यस्थलमा हुने साधारण निर्देश तथा अर्थ्याएका कुराहरु बुझ्न

【लक्षित व्यक्ति】
भिसा स्टाटस:स्थाई निवासी, जापानीज व्यक्तिको पति/पत्नी आदि, स्थाई निवासीको पति/पत्नी आदि, दीर्घकालिक निवासी “तेइज्युस्या”भएका व्यक्ति

【शुल्क】
निशुल्क

【आवेदन】
1)हेल्लो वर्क सेन्दाईमा आवेदन दिनु पर्दछ ।
ठेगाना :सेन्दाई-सी मियागीनो-कु चुचुजीगावोका 4-2-3 सेन्दाई MT बिल्डिङ 4F
(仙台市宮城野区榴岡4-2-3 仙台MTビル 4階)

फोन : (022)299-8819
2)स्तर जाँचको परीक्षण गरिने छ ।
स्थान:सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
मिति :जुलाई 19 तारीख(मंगल)14:00

【अन्तिम म्याद】
जुलाई 12 तारीख (मंगल)

बृस्तित जानकारीको लागि, JICE को होमपेज हेर्नुहोला ।
> https://www.jice.org/tabunka/course/

【सम्पर्क】
ओमाकी सान(JICE)
फोन:080-4335-8133
इमेल :tabunka53@softbank.ne.jp

【पम्पलेट】

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )