ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【महत्वपूर्ण सूचना】नयाँ कोरोना भाइरसबाट संक्रमित हुनुभएका व्यक्तिहरू, घरमै बसेर आराम गर्ने <= घरमै क्वारेटिनमा बस्नुहुने व्यक्तिहरुलाई सहयोग गर्नको लागि खानेकुराहरु पठाउनेछ ।(新型コロナウイルスに感染して、自宅療養をする人を 助けるために食べ物などを送ります)

(1)लक्षित व्यक्ति (सहयोग प्राप्त गर्न सक्नुहुने व्यक्ति)
①देखि ③ अन्तर्गत पर्नुहुने व्यक्तिहरुलाई, सेन्दाई सिटि बाट एकहप्ताको लागिको खानेकुरा वा दैनिकजीवनमा आवश्यक पर्ने कुराहरु तपाईको घरमा पठाउनेछ ।
①नयाँ कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरू
②खानेकुराहरु सकिएर अफ्ठ्यारोमा पर्नुनभएका व्यक्तिहरु
③सेन्दाई सिटिबाटको सहयोग प्राप्त गर्न चाहने व्यक्तिहरु

※नजिकको सम्पर्कमा हुनुभएका व्यक्तिहरू <= कोरोना संक्रमित भएका व्यक्तिको नजिक हुनुभएका व्यक्ति वा PCR परीक्षणको नतिजाको लागि पर्खिरहेका व्यक्तिहरू, चाँही लक्षित व्यक्ति अन्तर्गत पर्नुहुने छैन (सहयोग प्राप्त गर्न सक्नुहुनेछैन) ।

※सहयोग प्राप्त गर्न केही समय लाग्न सक्छ । त्यसैले, साथीहरूबाट सहयोग माग्ने वा अनलाइन सुपरमार्केट आदिको प्रयोग गर्नुहोस ।

(2)डेलिभर गरिएको सामान (सेन्दाई सिटिले पठाएको सामान)
「घरमै क्वारेटिनमा बस्नुहुने व्यक्तिहरुको लागिको सहयोग प्याकेज」
लगभग एक हप्ताको खानेकुरा (प्याकेटको भात, खारे आदि) र दैनिकजीवनमा आवश्यक पर्ने
कुराहरु (टोइलेट पपेर आदि) पठाउनेछ । तपाईंले समानहरु छनौट गर्न सक्नुहुन्न ।
※संक्रमित भएका साना बच्चा(1बर्ष नपुगेका देखि 3 बर्ष सम्मका)भएको खण्डमा,
「घरमै क्वारेटिनमा बस्नुहुने व्यक्तिहरुको लागिको सहयोग प्याकेज」को सट्टामा,
「शिशुको लागिको प्याकेज」(डायपर, पाउडर दूध, आदि) प्राप्त गर्न सक्नुहुन्छ ।
डेलिभरी गरिने समानको उदाहरणको लागि यहाँ क्लिक गर्नुहोस्

(3)आबेदन गर्ने तरिका
कोरोना भाइरसबाट संक्रमितभै घरमै क्वारेटिनमा बस्नुपर्ने भएका व्यक्तिहरुलाई, स्वास्थ्य केन्द्रले सहयोग उपलब्ध गराउन
सिफारीस गर्नेछ ।
यसबाहेक, सहयोगको अपेक्षा गर्नुहुने व्यक्तिले, आफैले आबेदन दिनुहोस ।
सेन्दाई सिटिले, योग्य छ भनी पुष्टि गरेका व्यक्तिहरूलाई मात्र पठाउनेछ ।
※आबेदन गरेपनि, लक्षित बर्गमा नपरेमा, सहयोग प्राप्त गर्न सक्नुहुने छैन ।

आबेदनको लागि, इलेक्ट्रोनिक माध्यमबाटको आबेदन (कम्प्युटर वा स्मार्टफोन प्रयोग गरि), अथवा टेलीफोन बाट गर्न सकिनेछ ।
【इलेक्ट्रोनिक माध्यमबाटको आबेदन】
https://www.shinsei.elg-front.jp/miyagi2/uketsuke/form.do?id=1643974778867
※आवेदन को नतिजा चांही मेल अथवा फोनबाट जानकारी गराउनेछौ ।
【टेलीफोन】022-214-1337
※रिसेप्सन समय:सोमबार बाट शुक्रबार बिहान 8 बजेर 30 मिनेट बाट बेलुका 4 बजेर 30 मिनेट सम्म (शनिबार, आइतबार बिदाको
दिन रिसेप्सन बन्दहुनेछ)

【सम्पर्क】
बाल भविष्य ब्यूरो बालबालिका र परिवार सहयोग विभाग घरमै क्वारेटिनमा बस्नुहुने व्यक्तिहरुको लागिको सहयोग ब्याब्स्थापन
कार्यकारी टेलिफोन: 022-214-1337

जापानिज भाषा नजान्नुहुने व्यक्तिले, सेन्दाई बहुसांस्कृतिक समाज केन्द मा सम्पर्क गर्नुहोस ।
टेलीफोन:022-224-1919 (बिहान 9 बजे बाट बेलुका 5 बजे सम्म)